शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

बेचिएका ३ नेपाली युवती लिएर अफ्रिकी मुलुक मलावीका प्रहरी काठमाडौंमा

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६


अफ्रिकी मुलुक मलावीको डान्सबारमा बेचिएका तीन नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ।मलावीका दुई प्रहरी अधिकृत ती युवती लिएर बिहीबार नेपाल आएका हुन्।

८ महिनाअघि उनीहरूलाई दुबई मलावी पुर्याइएको थियो। भारतीय नागरिक अडाम साकरानीले आफ्नो डान्सबरमा काम लगाउने भन्दै ती युवतीलाई मलावी पुर्याएका थिए। २८ फागुन ०७५ मा त्यहाँको प्रहरीले उद्धार गरी सेफ हाउसमा रोखेको थियो।

अध्यागमनकै सेटिङमा उनीहरूको तस्करी भएको प्रहरीको आशंका छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ। मानव बेचबिखन नियन्त्रण ब्युरोले घटनाको अनुसन्धान गर्नेछ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology