शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

डिजिटल प्रविधि बिना प्रदेशकाे बिकास असम्भव – मन्त्री घिमिरे

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६


इटहरी / प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश नं.१ सरकार इच्छुक रहेकाे बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बाेल्दै प्रदेश नं.१ सरकारले प्डिजिटल प्रदेशका रूपमा रूपान्तरण गर्ने याेजनामा क्यानसंग हातेमालाे गर्न आफु तत्पर रहेकाे बताएका छन् । मन्त्रि घिमिरेले १० बर्ष भित्र विद्यालयलाई भोला र किताब मुक्त बनाउने राजनैतिक घोषणा रहेकाले त्यसकालागि पनि क्यानको सहयोग आवश्यक पर्ने बताए ।

क्यान सुनसरीकाे १३ औँ साधारण सभा तथा ८ अाै अधिबेसनबाट निर्वाचित कार्यसमितिको पदस्थापना तथा बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गर्न क्यान सुनसरीले शुक्रबार इटहरीमा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश सभासद् लिलम बस्नेत, क्यान प्रदेश १का अध्यक्ष भबकृष्ण तिम्सिना, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कका लगायत क्यान सँग सम्बन्धित व्यक्तिहरुको उपस्थिती रहेका थियाे ।

कार्यक्रमकाे अन्त्यमा बोल्दै क्यान महासंघ सुनसरीका नव निर्वचीत अध्यक्ष बिशाल बस्तोलाले क्यान महासंघ सुनसरी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । बस्तोलाले डिजिटल प्रदेशको अभियानमा क्यान सहकार्य गर्न तयार रहेको बताए ।

आजको युगमा प्रबिधिबाट मात्र बिकास सम्भव रहेकाले सरकारले त्यसलाई आत्मसाथ गर्नु पर्ने बस्तोलाको भनाई रहेको थियो । कार्यक्रममा उपस्थित अथिति र सहभागिले एक आपसमा २०७६ सालका बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गरेका थिए । सोहि अवसरमा क्यान महासंघ सुनसरीले रात्रि भोजको समेत आयोजना गरेको थियो ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology