शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

हिन्दुकाे आगन इटहरीमै काटीयाे गाेरू : नगरप्रहरी सहित ४ पक्राउ 

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६


  • तेजबहादुर बन 

इटहरी । नेपालमा हिन्दु राष्ट्र स्थापनाकाेलागि पटक पटक सडक अान्दाेन चर्काएर केन्द्र सम्म तहलका मच्चाएकाे सुनसरीकाे इटहरीमै शनिबार बिहान गाेरू काटिएकाे छ ।

हिन्दु धर्मकाे उर्वरभुमि मानिने इटहरीमै दशैकाे बेला गाेरू काटेर मारेपछि बिवाद बढेकाे छ । हिन्दु धर्मावलम्बिका गुरू श्री निवासाचार्यले इटहरीमा गाेरू काटिएकाे बिषयमा गम्भिर ध्यानाकर्षण भएकाे जनाएका छन ।

उनले गाेरू काटने जाे काेहिलाइ कडा भन्दा कडा कार्वाहिकाे माग गरेका छन । यता इलाका प्रहरी कार्यालय इटहरीले गाेरू काटेकाे अाराेपमा इटहरी उपमहानगरका नगरप्रहरी राजकुमार तामाङ सहित ४ जनालाई पक्राउ गरेको छ।

प्रक्राउ पर्नेमा एक महिला र तिन पुरूष रहेकाे भनिएपनि  प्रहरीले नाम सार्वजनिक गर्न मानेकाे छैन । गाेप्य शुचना अनुसार गाेरू काटिएकाे अभियाेगमा समातिएका चार मध्ये नगरप्रहरी तामाङलाइ छुटाउन कसरत सुरू भएकाे बुझिएकाे छ ।

यता यस बिषयमा इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्दा प्रहरीले कुनै शुचना दिन मानेकाे छैन ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology