बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

लायन्स क्लबद्वारा बिद्यालयलाइ शैक्षिक सामग्रि बितरण

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


इटहरी / लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले बुधबार बेलबारीको एक शैक्षिक सस्थालाई शैक्षिक सामग्री वितरण गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भई निरन्तर विभिन्न सामाग्री वितरण गर्दै आएको उक्त सस्थाले बेलबारी १ मा रहेको जनएकता आधारभुत विधालयका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

जहाँ आवश्यकता त्यहा लायन्स क्लब भन्ने अभिप्रायले लायन्सले उक्त विधालयका कक्षा ५ सम्मका ७२ जना विधार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको कार्यक्रम संयोजक नारायण गौतमले बताए । कार्यक्रममा प्रमुख अतिथी बेलबारी १ का वडाध्यक्ष चक्र बहादुर खुलालले लायम्सले गरेको सामाजिक कामको प्रशंसा गरेका थिए ।

उक्त विधालयका प्र अ मोहन प्रसाद खतिवडाले लायन्सले वितरण गरेको सामाजिक कार्यको आफुले जति पनि प्रशंसा गरे पनि नपुग्ने बताउदै आगामी दिनमा पनि विधालयलाई सहयोग गर्न आग्रह गरे । उनले उक्त विधालयमा अध्यापन गर्ने प्रत्येक विधार्थी गरिप तथा विपन्न परिवारको भएको कारण यस्तो सहयोगले विधालय परिवारलाई हौसला प्रदान गरेको बताए । कार्यक्रममा लायन्स क्लब इटहरीका अध्यक्ष गोविन्द थापाले लायन्समा अबद्द भएका व्यक्तिहरुले आफुले कमाएको १०% बचाएर सामाजिक कार्यमा लगानी गर्ने बताए ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology