बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

कांग्रेस सभापति देउवा भन्छन : अहिलेकाे सरकार इतिहासकै नालायक !

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


कांग्रेसकाे दाेश्राे जागरण अभियान सुनसरीमा पार्टी प्रवेशकाे लर्काे

  • तेजबहादुर बन 

सुनसरी । नेकपाकाे डिजाइन अनुसार बनेकाे अहिलेकाे नेपाल सरकार इतिासकै नालायक रहेकाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएकाे छ । सुनसरीकाे इनरूवामा मंगलबार नेपाली कांग्रेसकाे दाेश्राे जागरण अभियानकाे सभालाइ सम्बाेधन गर्नुहुदै  पार्टि सभापति देउवाले यस्ताे कुरा बताउनुभएकाे हाे ।

नेपाली कांग्रेसकाे पार्टी कार्यालयमा अायाेजित दाेश्राे जागरण अभियानका मुख्य बक्ता तथा प्रमुख अतिथि समेत रहनुभएका सभापति देउवाले अहिले बनेकाे सरकार जनताकाे भावना बिपरित चलिरहेकाे अाैल्याउदै दुइ तिहाइकाे दम्ब देखाएर भ्रस्ट्रचारमा लिप्त रहेकाे अाराेप लगाउनुभयाे ।

उहाले यहि सरकारका कारण स्थापित लाेकतन्त्र र संघियता समेत अफ्ठेराेमा परेकाे र समय रहदै अाचरण सुधारेर जनताकाे सरणमा नअाए कांग्रेसले सडक अान्दाेलन चर्काएर भएपनि घुडा टेकाृउने बताउनुभयाे । सरकारबिरूद्ध पार्टीले संघर्ष थालिसकेकाे बताउनुहुदै पार्टी सभापति देउवाले जिल्ला , नगर तथा गाउ गाउबाट सरकार बिरूद्ध भण्डाफाेर अभियान थाल्न कार्यकर्ता तथा स्थानीय नेताहरूलाइ अाग्रह समेत गर्नुभयाे ।

त्यस्तै कार्यक्रमकै अर्का प्रखर बक्ता तथा नेपाली कांग्रेसका उपसभापति शेरबहादुर देउवाले मुलुकमा स्थापित संघियता राजनीतिक आन्दोलनको उपलब्धि भएकाे र अहिले यहि संघियता ठुला दलकै कारण अफ्ठेराेमा परेकाे बताउनुभयाे । नेता गच्छदारले संस्थागत गणतन्त्रलाइ जाेगाउन नेपाली कांग्रेस मात्र नभइ साना दल एवम जनता पनि जागरूक हुनुपर्ने बेला अाएकाे बताउनुभयाे । नेता गच्छदारले सरकार अब दुइ तिहाइ दम्बकाे घमण्डले जनतालाइ पेल्ने मात्र काम गरेकाेले राम्राे भन्न नसकिने बताउनुभयाे ।

त्यस्तै पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका शिर्ष नेता ज्ञानेन्द्रबहादुर कार्कीले याे जागरण अभियान पार्टीलाइ उठाउनु भन्दा पनि देश बचाउनकाे निमित्त गरिएकाे बताए । नालायक सरकारले देशमा जनता मार्ने , निर्दाेषलाइ अनाहक फसाउने र कर बढाएर भ्रस्ट्रचारमा लिप्त बनेकाेले देशका युवाहरूलाइ जगाउन याे अभियान चलाएकाे बताउनुभयाे ।

जागरण अभियानमा बिभिन्न पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूकाे लर्काे लागेकाे थियाे । पार्टि प्रवेश गरेकाहरूलाइ सभापति देउवा लगायत शिर्ष नेताहरूले राताे अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बिश्वका धनि ब्यापारीकाे शुचिमा रहेका बिनाेद चाैधरी , इनरूवा नगरपालीकाका मेयर राजन मेहता , नेपाली कांग्रेस सुनसरी सभापति राजिव काेइराला , शिर्ष नेता अयुव अन्सारी , कृष्ण प्रशाद सिटाैला लगायत अन्य शिर्ष नेताहरूले सम्बाेधन गरेका थिए । कार्यक्रममा स्थानीय नेताहरू देखि कार्यकर्ताहरूकाे पनि ब्यापक उपस्थिति रहेकाे थियाे ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology