बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

मुख्यमन्त्री राइले भने :इटहरी खेलकुदकाे हव बनिसक्याे , रंगशालालाइ १ कराेड रकम बिनियाेजन

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


  • तेजबहादुर बन

इटहरी । प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले इटहरी पछिल्लाे समय खेलकुद हवकाे रूपमा बिकास भइसकेकाे बताउनुभएकाे छ ।योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताकाे मंगलबार समुदघाटन गर्दै मुख्य मन्त्री राइले यस्ताे बताउनुभएाकाे हाे । प्रदेश सरकारले इटहरीलाइ खेलकुद हवकाे रूपमा हेरेकाेले यसकाे बिकासमा तत्पर रहेकाे बताउदै मुख्यमन्त्री राइले इटहरी रंगशालालाइ मुलुककै नमुना रंगशाला बनाउने तयारीमा जुटेकाे जानकारी दिनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री राइले इटहरीकाे रंगशालालाइ थप ब्यवस्थित बनाउन प्रदेश सरकारले यसै अार्थिक वर्ष रू १ कराेड रकम बिनियाेजन गरेकाे बताउनुभयाे । साथै उहाले  इटहरी रंगशाला परिसरमा बिभिन्न १२ वटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माण भइरहेकाे जानकारी अाएकाे र यसलाइ पनि बिशेष प्रदेश सरकारले बिशेष प्राथमिकतामा राखेकाे बताउनुभयाे ।

कार्यक्रममा बिशिस्ट अतिथि सामाजिक बिकास मन्त्री जिवन घिमिरेले प्रदेश एकका १३७ पालीकामा सुविधासम्पन्न खेल मैदान निर्माणकाे काम प्रदेश सरकारले सुरू गरेकाे बताउनुभयाे । पछिल्लाे समय प्रदेश सरकारले खेलकुद बिकासका लागि बिशेष खाका काेरेर याेजनावद्ध तरिकाले अघि बढेकाे मन्त्री घिमिरेले बताउनुभयाे ।

  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार बिस्ट , प्रदेश एकका सभाषद लिलम बस्नेत , सर्वध्वाेज साँवा ,सुनसरी जिल्ला प्रहरी प्रमुख , प्रदेश एकका ट्राफिक प्रहरी प्रमुख लगायत खेल प्रेमिहरूकाे पनि ब्यापक उपस्थिती रहेकाे थियाे ।

राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजना तथा सुनसरी व्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा  मंगबारदेखि सुरू भएकाे नवौ पुष्पलाल स्मृति राष्टिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा २ सय जनाले बेग्ला बेग्लै समुह अन्र्तगत प्रतिस्पर्धा गर्नेछन । प्रतियाेगिता ५ दिन सम्म जारी रहनेछ । प्रतियोगितामा पुरुष सिंगल, डबल महिला सिंगल डबल, यु १७ युवा सिंगल, यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरि प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology