बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

मानिस बाँया हाते किन हुन्छन्, के छ फाइदा ?

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


एजेन्सी : विश्वभरमा रहेका मानिसमध्ये केही मानिसहरुले बाँया हातको प्रयोग किन गर्छन् ? यसबारे रिसर्च गरेर ब्रिटेनी वैज्ञानिकहरुले पत्ता लगाएका छन् की यो जीनका कारणले पनि हुने गर्छ ।

मानिसको डिएनएमा जीनले एक प्रकारको सुझाव दिएको हुन्छ । यो सुझावले मानिसको दिमागको बनावट, उसको काम गर्ने तरीका र भाषाको क्षमताम पनि असर पारेको हुन्छ ।

अक्सर्फोड यूनिर्भसिटीका शोधकर्ताका अनुसार, बाँया हातले आफ्नो काम गर्नेहरुको बोल्ने क्षमता पनि राम्रो हुनसक्छ ।

तर अहिले कति प्रश्नहरुको उत्तर आउन नै बाँकि छ । यसमध्ये सबैभन्दा ठूलो प्रश्न यो छ कि दाँया हाते र बाँया हाते हुनुमा के सम्बन्ध छ ।

Related image
रिसर्च के भन्छ ?
विश्वभरमा दश व्यक्ति मध्ये एकले आफ्नो बाँया हात प्रयोग गरेको हुन्छ वा बाँया हातले काम गरेको हुन्छ ।

जुम्ल्या बच्चाहरुमा भएको अनुसन्धानमा यो पत्ता लागेको छ कि यसमा आमा बुवाबाट प्राप्त डीएनएले केही भूमिका खेलेको हुन्छ । तर यससँग सम्बन्धित जानकारी अहिले सामन्ने आइरहेको छ ।

यस विषयमा रिसर्च गर्नेहरुले यूके बायोबैंकको मदत लिए जहाँ चार लाख मानिसले आफ्नो जेनेटिक कोडको पूरा सिक्वेन्स रेकर्ड गराए । यसमध्ये ३८ हजार मानिस मात्र बाँया हाते निस्के ।

यस रिसर्च टिमका एक शोधकर्ता प्रोफेसर ग्वेनलि डोउडले बीबीसीलाई बताए- ‘हाम्रो शोधको नतिजा बताउँछ कि कोही व्यक्तिले कुन हातको प्रयोग गर्छन् भन्ने कुरा जीनसँग जोडिएको छ ।’

यस प्रकारको परिवर्तन शरीरको कोषिकाको भित्रको संरचना बनाउनका लागि जिम्मेवार साइटोस्केलेटनमा जोडिएको निर्देशनमा पाइयो ।

प्रोफेसर डोउट भन्छन्- ‘यो पहिलो मौका हो जब हामी यो तय गर्नमा सक्षम हुनसक्यौँ कि कुनै व्यक्तिले बाँया वा दाँया हात प्रयोग गर्नुले साइटोस्केलेटनको परिवर्तन दिमागमा पुरै देखापर्छ ।’

बाँया हातले काम गर्ने मानिसमा दिमागको बाँया वा दाँया भाग राम्रो तरिकाले एक अर्कासँग जोडिएको हुन्छ । यसका साथै भाषासँग जोडिएको भाग पनि राम्रोसँग जोडिएको पाइन्छ ।

शोधकर्ताहरुलाई मान्ने हो भने बाँया हात प्रयोग गर्ने मानिसहरुमा बोलचालको क्षमता धेरै हुन्छ । तर यसलाई प्रमाणित गर्न उनीहरुसँग कुनै प्रमाण भने छैन् ।

Image result for left handed
यस रिसर्चमा यो पनि पत्ता लाग्यो कि बाँया हात प्रयोग गर्नेहरु स्किजोफ्रेनियाबाट ग्रसित हुने शंका धेरै हुन्छ । यधपी बाँया हात प्रयोग गर्नेहरुलाई पार्किसन नामको रोग लाग्ने डर भने हुँदैन् ।

हातका सर्जन र यस रिपोर्टका लेखक प्रोफेसर डामिनिक फनिर्स भन्छन्- ‘कतिपय संस्कृतिमा बाँया हात प्रयोग गर्नेहरुलाई दुर्भाग्यशाली पनि मानिन्छ र उनीहरुको भाषामा पनि यो चिज देखिन्छ ।’

फर्निस भन्छन्- ‘बाँया हातको प्रयोग गर्नु दिमागी विकाससँग पनि जोडिएको छ । यसमा भाग्यसँग कुनै प्रकारको तुलना गर्न मिल्दैन् ।’

तर यस रिसर्चबाट यो कुरा सामन्ने आएको छ की बाँया वा दाँया हाते हुने कुरा २५ प्रतिशत जीनको आधारमा तय हुन्छ भने ७५ प्रतिशत अरु नै कारणमा निर्भर रहन्छ ।

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर  द नेपालटप 8 September  884 SHARES  एजेन्सी : नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।   नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।   नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।   अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।  असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् । उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् ।   नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् । समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् ।

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology