बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

उत्तर कोरियामा लिङलिङ आँधीका कारण ५ जनाको मृत्यु

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


एजेन्सी : उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले लिङलिङ आँधीका कारण पाँचजनाको मृत्यु भएको अनि तीनजना घाइते भएको जनाएको छ ।

उक्त आँधी शनिवार जमीनतर्फ आएपछि हताहतीको संख्या पहिलोपटक उत्तर कोरियाले सार्वजनिक गरेको हो ।

उत्तरको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले आँधीका कारण ४६० घरहरू तथा १५ वटा सार्वजनिक भवनहरू ध्वस्त भएको, क्षतिग्रस्त भएको वा पानीमा डुबेको जनायो । कुल ४६ हजार २०० हेक्टेयर कृषियोग्य जमीन पुरिएको छ ।

केसीएनएका अनुसार, आँधी शनिवार दिउँसो २ बजे प्रवेश गरेको थियो । आँधीप्रभावित क्षेत्रमा उद्धारकार्य चलिरहेको उसले जनाएको छ ।

उत्तर कोरिया पुग्नुअघि उक्त आँधीले दक्षिण कोरियामा तीनजनाको ज्यान लिएको थियो ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology