बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

हङकङमा विरोध प्रदर्शन कायमै, आज पनि प्रहरीले चलायो अश्रूग्यास

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

एजेन्सी : हङकङमा सरकारविरोधी प्रदर्शन १४औं सप्ताहान्तमा प्रवेश गरेको छ । आइतवार विरोधकर्ता र दंगा प्रहरीबीच सेन्ट्रल स्टेसनमा अनेकौंपटक भिडन्त भएको छ ।

व्यापारिक क्षेत्रका सडकमा समेत झडप भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रूग्यास प्रहार गरेको छ ।

सेन्ट्रल स्टेसनको प्रवेशद्वारमा प्रदर्शनकारीहरूले आगो लगाएका थिए भने अन्य रेलवे स्टेसनमा शीशा फुटाएका थिए । उनीहरू रेलवेलाई निरन्तर तारो बनाइरहेका छन् ।

हजारौं विरोधकर्ताहरूले शहरमा रहेको अमेरिकी वाणिज्य दूतावासतर्फ जुलूस निकाले । उनीहरूले हङकङको लोकतान्त्रिक विकास र मानवअधिकारको समर्थनमा एक ऐन पारित गर्न वाशिङटनलाई आह्वान गरे ।

शनिवार राति शहरभरिका कैयौं एमटीआर स्टेसनहरूमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंस्रक भिडन्त भयो । सुपूर्दगी विधेयक फिर्ता लिने भनी हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बुधवार घोषणा गरेको भए पनि संघर्ष थामिने लक्षण छैन ।

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology