बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

जब बाँदर, सर्प उड्छन् र मानिसकाे रुप पनि परिवर्तन हुन्छ !

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


यो कुरा त हामी सबैलाई थाहा छ कि मानिसको पूर्खा बाँदर थिए । कुनैबेला हाम्रो पूर्वजहरुको पुच्छर हुने गथ्र्यो जुन मानिसहरुको क्रमबद्ध विकासले विस्तारै हराउँदै गयो ।

जसरी मानिसको शारीरिक वृद्धि हुँदै गयो, रुप पनि परिवर्तन हुँदै गयो । शरीरमा जुन अंगको आवश्यकता थिएन त्यो अंग आफै हराउँदै गयो ।

खासमा प्रकृतिको विकासको चक्का सधैँ घुमिरहन्छ । मानिसको जन्म पनि यसैको नतिजा हो ।

सबै जीव प्राकृतिक विकासको नतिजाबाट जन्मिएका हुन् भने अब यो मान्नु गलत हुनेछ कि क्रमिक विकासको चक्र अहिले चलिरहेको छैन् । आगामी दिनमा मानिसको रुप रंगमा अरु विभिन्न परिवर्तन देख्न सकिन्छ ।

नयाँ रिर्सचले त यो सम्म भनेको छ कि आउने समयमा यस धर्तीमा रहने कुनै पनि जीव आजको जस्तो देखिँदैन् ।

वर्ष १९८० मा लेखक डुगल डिक्सनले एक किताब लेखेका थिए । ‘अफ्टर मेन: अ जीओलोजी अफ द फ्यूचर’ । यस किताबमा उनले लाखौँ वर्षपछि देखिने यस्तो दुनियाँको कल्पना गरेका छन् जसलाई विश्वास गर्न मुस्किल छ ।

यस किताबमा लेखिएको छ, उड्ने बाँदर, चराको अनुहार गरेको फूल जसमा शिकार आफै आएर बस्छ र उड्ने सर्प जसले हावामा नै शिकार गर्नेछ ।

कुनै आम मानिसका लागि यो दुनियाँ कुनै सन्की लेखकको दिमागको उपजभन्दा धेरै केहि छैन् । यो पुरै मनगढन्त छ । तर रिर्सचर यस किताबमा भविष्यको धेरै नै सम्भावना देख्छन् ।

भविष्यमा के हुन्छ ?
हामीलाई थाहा छ लाखौँ वर्ष पहिले धर्तीमा डाइनासोर थिए । तर त्यतिबेला मानिसहरुको कल्पना गरिएको भए यो त्यति नै अजिब लाग्थ्यो, जति अहिले हामीलाई १० लाख वर्ष पछिको दुनियाँको कल्पना गर्दा लाग्छ ।

आखिर क्रमिक विकासको गणित के हो ? यसबारे थाहा पाउन इतिहासका पाना पल्टाउनु पर्ने हुन्छ । विकासको जीव वैज्ञानिक जोनाथन लोसोसका अनुसार ५४ करोड वर्ष पहिले जब कैम्ब्रियन विस्फोट भएको थियो धर्ती कतिपय अजिब जीवले फाटिएको थियो ।

उनी लेख्छन, त्यसबेला हैलोसेजिन्या नामको एक जीवाश्म भेटियो जसको पुरै शरीर हड्डीको जालोले बेरिएको थियो । यस कुराको पूरा सम्भावना छ कि निकट भविष्यमा यस्तै कुनै अरु जीव जन्मिन सक्छन् ।

प्रोफेसर लोसोसका अनुसार बायोलोजिको क्षेत्रमा अथाह सम्भावना छ र यसको अन्त्य कहाँ हुन्छ भन्न मुस्किल छ । उनका अनुसार, अहिले पनि धर्तीमा यस्ता धेरै जीव छन् जसको बारेमा हामीलाई केहि थाहा छैन् ।

यदि इतिहासले आफूलाई फेरि दोहा-यायो भने के मानिसको विकासक्रम त्यस्तो नै हुन्छ जुन लाखौँ वर्ष पहिले थियो ? भन्न मुस्किल छ तर यस कुराको सम्भावना चै छ कि भविष्यमा कुनै ठूलो ज्वालामुखी विस्फोट हुनसक्छ वा धूमकेतू धर्तीमा ठोक्किन सक्छ । यसपछि धर्तीको पुरै रुप नै परिवर्तन हुनेछ ।

निकट भविष्यमा के हुन्छ यो कुरा नै बहसको विषय बनेको छ । ठूलो कुरा यो छ कि विकास क्रमको सबैभन्दा धेरै असर यदि कोहिमाथि देखिएको छ भने त्यो हो होमोसेपियन्स अर्थात मानिस ।

वैजानिक पीटर वार्डले २००१ मा आफ्नो किताब ‘फ्यूचर इवोलुसन’ मा लेखेका थिए, जुन प्रकारको जिन्दगी आज मानिसहरुले बाँचिरहेका छन्, यदि आउने लाखौँ वर्षसम्म मानिस यसै प्रकार बाँचिरहे भने हुनसक्छ धर्तीमा बस्ने जीवले आफूलाई उक्त वातावरण मुखी बनाइराख्नका लागि अजिब रुप धारण गर्न सक्छन् ।

आज हामी सबै प्रदूषित वातावरणमा बसिरहेका छौँ । यदि प्रदूषण यसैप्रकार बढिरह्यो भने हामीले यस्ता जनावर देख्न सक्छाैँ जसको शरीरभर कपाल हुनेछ जसले विषालु पानीलाई उनीहरुको शरीरमा टिक्न नै दिँदैनन् ।

रिसर्चर पैट्रीशिया ब्रेनेनका अनुसार, धर्तीमा सफा पानीको कमीका कारण पनि त्यसबेलाका जीवमा यस्तो गुण आउनेछ जुन परिवर्तित माहोलका अनुसार आफूलाई ढाल्न सक्नेछन् ।

धर्तीमा जीव जन्मिनु देखि आजसम्म धेरै प्रजाती लुप्त भएका छन् । यसपछि नै ठूलाठूला परिवर्तनहरु भएका छन् । रिसर्च भन्छ, आजभन्दा २५ करोड वर्ष पहिले करिब ९५ प्रतिशत पानीमा बस्ने र ७० प्रतिशत जमिनमा बस्ने जीव अचानक हराएका थिए ।

यसपछि डाइनासोर जस्तो जीव देखियो । तर केहि समयपछि यीनीहरु पनि हराएर गए र स्तनधारी जीवको जन्म भयो ।

धर्तीमा जीवन आएपछि सुरुको एक लाख वर्षसम्म यस्तो जीव जन्मिन सकेनन् जसलाई धेरै अक्सिजनको आवश्यकता थियो ।

तर दुई लाख ४० हजार वर्ष पछि जब फोटोसिथेन्सीसको प्रक्रिया हुन लाग्यो धर्तीबाट धेरै प्रकारका ब्याक्टेरीयाहरु हराए । जीवको दुनियाँमा एक पल्ट परिवर्तन भएपछि फेरि यो प्रक्रिया चलिरह्यो । यो परिवर्तन भइरहेको छ र आगामी दिन/वर्षमा पनि भइरहन्छ ।

हुनसक्छ निकट भविष्यमा मानिसहरुको केहि अंश नै बाँकि नरहोस् र अजिब जीवले धर्तीमा राज गरुन् । तर यो निकट भविष्यमा पनि अझै यति दूरी छ कि हामी र हाम्रो धेरै पीढिले यो सब देख्न पाउने छैनन् ।

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर  द नेपालटप 8 September  884 SHARES  एजेन्सी : नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।   नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।   नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।   अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।  असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् । उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् ।   नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् । समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् ।

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology