बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019

श्रीमानको मृत्यु भएको १० वर्षपछि कसरी मृत श्रीमानकै बच्चा जन्माइन् यी महिलाले

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६


एक महिलाले श्रीमानको मृत्यु भएको दश वर्षपछि दोस्रो बच्चा जन्माएकी छिन्।ती बच्चा मृत्यु भएकै श्रीमानको भएको वेलायती संचारमाध्यमले जनाएका छन्।
यसअघि सन् २०१३ मा ती महिलाले पहिलो बच्चा जन्माएकी थिइन्।

वेलायती महिला एन्जिलिना लेकी जेम्सका श्रीमान क्रिसको दशवर्ष अगाडि क्यान्सरका कारण मृत्यु भएको थियो।वेलायती संचारमाध्यमका अनुसार क्यासर पीडित क्रिसको निधन अगाडि उनको विर्य जम्मा गरिएको थियो।

आईभीएफ ‘इन भिट्रो फर्टिलाइजेसन’ प्रविधिको माध्यमबाट ती महिला बच्चा जन्माउन सफल भएकी हुन्।प्रविधिको प्रयोगबाट मृत श्रीमानको जम्मा गरिएको विर्य महिलाको शरीरमा प्रवेश गराइएको थियो।

एन्जिलिना पहिलोपटक सन् २०१३ मा गर्भवती भएकी थिइन्। त्यसबेला उनले सफल रुपमा बच्चा जन्माएकी थिइन्। यसपटक पनि उनी स्वस्थ बच्चा जन्माउन सफल भएकी हुन्। सन् २००७ मा दुवैले विवाह गरेका थिए। तर सन् २००८ क्रिसको निधन भएको थियो।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology