बिहिबार, भदौ ५, २०७६ Thursday 22nd of August 2019

एक करोड २८ लाख भ्रष्टाचार गरेका उपकुलपति रौनियार ४८ लाखमा छुटे

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६


काडमाडौं/एक करोड २८ लाख भ्रष्टाचार गरेको पुष्टि गरिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियार ४८ लाख धरौटीमा छुटेका छन् ।घुससहित रङ्गेहात पक्राउ परेका उपकुलपति रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जानकारी दिए ।

उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् । यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।

उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology