बिहिबार, भदौ ५, २०७६ Thursday 22nd of August 2019

गाेरखामा भेटीयाे भारतीय ब्राण्डकाे प्लाष्टिककाे चामल , बिक्रिमा राेक

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


गोरखा/ गोरखा जिल्लामा प्लास्टिककाे चामल भेटिएकाे गुनासाे भएपछि भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको हो ।

भारतीय चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमूना संकलन गरेको छ ।संकलित नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताए ।

भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology