शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

चौध करोड वर्ष अगाडिको जीव डाइनासोरको हड्डी भेटियो

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६


डाइनासोर पृथ्वीको सुरुवाती जीव मानिन्छन्। यसको अस्तित्व चौध करोड वर्ष अगाडि रहेको वैज्ञानिकहरु बताउँछन्।डाइनासोर कस्तो थियो भन्नेबारे थाहा नभए पनि वैज्ञानिकहरुले अहिलेसम्म प्राप्त त्यसका हाड र जीवाश्माको आधारमा त्यसको चित्र कोरेका छन्।

त्यही चित्र हेरेर हामीले डाइनासोर बारे थाहा पाएका हौं। हालै फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा डाइनासोरको हड्डी भेटिएको छ।उक्त हड्डी ठूलो डाइनासोरको फिलाको भएको बताइएको छ।

सन् २०१० यता एंगीक–चारेन्टी साइटमा वैज्ञानिकहरुले उत्खनन गरिरहेका छन्। सोहि क्रममा हालै डाइनासोरको हड्डी भेटिएको हो।उक्त साइटमा हालसम्म ७ हजार ५ सय जीवाश्म भेटिसकिएको जनाइएको छ।

उक्त हड्डी चौध करोड वर्ष अगाडिको भएको जनाएको छ। हड्डी घास खाने प्रजातिको डाइनासोरको भएको जनाइएको छ।यस खोजले डाइनासोरको रोचक रहस्यका बारेमा थप सूचना संकलन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्। रोयटर्स


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology