बिहिबार, भदौ ५, २०७६ Thursday 22nd of August 2019

विश्वका खतरनाक व्यक्ति जसले गड्यौला झुसिलकिरा, छेपारो, साङला खाएरै बनाए विश्व कीर्तिमान

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६


एजेन्सी । मानिसमा अनौठो भूत चढ्छ । अनि पत्याउनै नसकिने हर्कत गर्दछन् । धेरै मानिसलाई किराहरुसँग डर लाग्छ । साङला , बिच्छी, गड्यौला देख्दा त झन केही त आत्तिएर चिच्याउँछन् ।

देख्दा नै धेरेको सातो जान्छ । तर भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले भने त्यस्ता डरलाग्दा साङला , बिच्छी र गड्यौला खाएरै विश्व कीर्तिमान कायम गरेका छन् ।

यसैले अहिले उनलाई विश्वकै खतरनाक व्यक्ति भनेर चिनिन थालिएको छ । किरा फट्यांग्रा खाएर दिन बिताउँदै आएका जोनले आधा किलो गड्यौला बिहानको खानमा नै खाँदै आएका छन् ।अझ रोचक त के छ भने उनले लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खान्छन् ।

अचम्मको स्वभाव भएका जोनले खाजाका रुपमा १० देखि २० वटा सम्म छेपारा खान्छन् भने स्न्याकमा साङला र कमिला खान्छन् भने बेलुकाको खानामा दाल भातका साथै घाँसे फट्याङग्रा खाँदै आएका छन् । यो देखाउँनका लागि मात्र हैन । उनको दिनचार्य नै यस्तै थियो । उनको शरिरलेपनि पचाउन थालेपछि उनको यो कार्यलाई विश्व किर्तिमानको रुपमा रेकर्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology