कठोर बन्दै ओली सरकार: धूवाँ फ्याँक्ने सवारी, जग्गा प्लान्टिंग देखि राजश्व ठगी गर्ने व्यापारीलाइ यस्तो नियम ?

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

उहाँले नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गर्नुभयो ।

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को १९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी दिनुभयो ।

नेपालमा कृषिको विकासका लागि छलफल, अनुसन्धान र नीतिगत व्यवस्था पर्याप्त भए पनि व्यवहारिक नभएकाले कृषि क्रान्ति हुन नसकेको उहाँको भनाइ छ । निजी क्षेत्रको पहिलो कृषि क्याम्पसका रुपमा स्थापना भएको हिकास्टले कृषि शिक्षा, अनुसन्धानलगायत काम गर्दै आइरहेको छ ।

धूवाँ फ्याँक्ने सवारी साधनलाई रोक लगाइने
सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ ।

अत्याधिक धुँवा फ्याँक्ने सवारी साधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सवारीसाधनबाट निस्कने धूँवाका कारण वायु प्रदुषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ ।

कठोर बन्दै ओली सरकार, राजश्व ठगी गर्ने व्यापारीहरूको बैंक खाता रोक्का
विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ ।

कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ ।यसमध्ये पहिलो चरणमा तीन दर्जनभन्दा बढी फर्मको बैंक खाता रोक्का गरिएको कार्यालयले जनाएको छ । दैनिक नेपालबाट

आइतवार, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार