नेपाली भूमिमा तारबार लगाउँदा कञ्चनपुरको पुनर्वासमा भारतीय सैनिकले यसरी देखाए ताण्डब – हेर्नुहोस भिडियो

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले अवरोध सिर्जना गरेको छ । जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेको हो ।

पुर्नवास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशीले नेपाली भूमीमा तारबार लगाउँदा भारतीय पक्षले अवरोध गरेको बताए ।

उने भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्र्तरगत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरीएका कारण सीमा पिलर १९५ मा अवरोध सिर्जना गरेर लगाएको तारबार पनि उखेलिदिएको बताए ।

‘एसएसबीको अघिल्लो कम्पनी कमाण्डर संग तारबार लगाउने विषयमा सहमती भएको थियो’, वडाध्यक्ष जैशीले भने, ‘नयाँ कमाण्डर आएर तारबार लगाउने काममाथी अवरोध सिर्जना गरेर काम रोकियो ।’ भारतीय सीमा सुरक्षा बलका जवानले आफ्नो भूमि भन्दै तारबार लगाउनमा अवरोध पु¥याएका थिए ।

जैसीले सीमा पिलर पुनर्निर्माण तथा मर्मत गर्न लागेको नेपाल भारत संयुक्त सीमा टोलीसंग समेत यस क्षेत्रको विवाद टुङगो लगाउन अनुरोध गरिएको बताए । एसएसबीको अवरोध पछि तारबार लगाउने काम रोकिएको छ । वडाध्यक्ष जैसीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकासंग संयुक्त टोली मार्फत सीमा विवाद टुङगो लगाएर अघि बढ्ने छलफल भएको बताउदै वडाध्यक्ष जैसीले काम अघि बढ्ने बताए ।

यस घटनासंगै भारतीय पक्षबाट एक बर्षमा चारपटक ज्यादती भइसकेको छ । अघिल्लो फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिए । सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा ट्रेन्च खनिएको थियो । कात्तिकमै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।

माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी भारतीय पक्षबाट श्रृखलाबद्ध हस्तक्षेप हुन थालेपछि स्थानीय आक्रोशित छन् ।

पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदा समेत नेपाल पक्षले कुटनीतिक पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
पुर्नवासका स्थानीय अगुवा लोकेन्द्र लम्सालले हालै नेपालका प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको केही दिनमै सीमा क्षेत्रमा नेपालीमाथी ज्यादती हुनु लज्जास्पद भएको बताए । उनले सरकारसमेत यस विषयमा गैरजिम्मेवार भएको आरोप लगाए ।

शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार