माडी नछुने भयो रेलमार्गले

माडी । माडी र चितवन राष्ट्रिय निकुञ्जको बीचबाट लग्ने भनिएको पुर्वपश्चिम विद्युतीय रेलमार्ग अब चितवनको सौराहा, टाँडी हँुदै एयरपोर्टको पश्चिमबाट बनाइने भएको छ ।
यसअघि सम्भाब्यता अध्ययनमा पर्साको ठोरी हँुदै चितवनको माडीबाट चितवन राष्ट्रिय निकुञ्ज पार गरेर गोलाघाट हँुदै नवलपरासी जाने भन्ने थियो । विश्वसम्पदा सूचीमा परेको निकुञ्ज हुदै रेल सञ्चालन गर्दा वन्यजन्तु संरक्षणमा कठिनाइ पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिएपछि र विश्वसम्पदा सूचीमा परेको क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा यूनेस्कोको अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो ।
मार्ग निमार्णको समयमा निकुञ्जभित्र मानवीय र मेशिनरी चहलपहलका कारण वन्यजन्तु संरक्षणमा असर पर्ने र पाटेबाघ र एक सिंगे गैँडाको संरक्षण अति मह¤वपूर्ण भएको हुँदा वन्यजन्तु संरक्षण अभियानमा रेलमार्गले असर पार्न नहुने बताउँदै रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले वन्यजन्तु संरक्षणमा गम्भीर भएर सो निणर्यमा पुगेको उनले बताए ।

वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पछिल्लो संभाव्यता अध्ययन अनुसार चितवनको सौराहा र टाँडी हुँदै बीसहजारी तालको दक्षिण तर्फबाट र एयरपोर्टको पश्चिमबाट लंकूको पश्चिम खरखरे घाट हुँदै नवलपरासीको मुकुन्दपुर हँुदै बनाइने भएको छ ।

रुट सर्भे सकिएकाले अब बिस्तृत परियोजना प्रतिवेदनको प्रकृया अघि बढाउने तयारी समेत गरिएको उपाध्यायले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा डीपीआरको काम सम्पन्न गरी ठेक्का प्रकृयामा लगिने छ ।
पूर्वपश्चिम विद्युतीय रेल मार्ग ९४५ किलोमिटर हुने बताउँदै अब निजगढबाट नवलपरासीसम्म राजमार्गको उत्तरदक्षिण भएर रेल मार्ग चल्छ उपाध्यायले भने, ‘चुरे पाहाडमा सुरूङ मार्ग निर्माण गरिने र भालुवाङ, दाउन्ने र पथलैयामा समेत सुरुङमार्ग हुनुको साथै मुलरुट ९ खण्डमा विभाजन गरिएको बताए ।

पूर्वपश्चिम रेल मार्गअन्र्तगत अहिले बर्दिवास सिमरा खण्डमा ३० किलोमिटर रेल्वे ट्रयाक निर्माण भइरहेको छ । पहिलो चरणमा महोत्तरीको बर्दिवास देखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम हँुदैछ । पर्याप्त बजेटको अभावमा कामको गति भने सुस्त छ ।

सोमवार, चैत्र ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार