देउवाले राजीनामा नदिदै, ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी, ओली र दाहाल सितल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिँदै राष्टपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने सम्भावना बढेको छ । देउवाले बुधबार राजीनामा दिने तयारी गरेका थिए । तर राष्टपति भण्डारीले सरकारबाट सिफारिस गरेका तीन जना राष्टिय सभाका सदस्यको नियुक्ति नगरेको भन्दै राजीनामा दिएनन् ।

देउवाले राजीनामा नदिदै एमाले र माओवादी केन्द्रले विहीबार प्रधानमन्त्रीको दावी पेश गर्ने भएका छन् । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्टपतिलाई बुझाएपछि एमाले र माओवादी केन्द्रका लागि नयाँ सरकार बन्ने बाटो खुलेको छ । बुधबार राति आयोगले निर्वाचनको परिणाम राष्टपतिलाई बुझाईसकेको छ ।

विहीबार विहान ९ बजे राष्टपति यादवलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सितल निवास पुग्ने भएका छन् । प्रधानमन्त्रीको दावी पेश गर्न उनीहरु राष्टपति कार्यालय सितल निवास पुग्ने भएका हुन् । ओली र दाहालले दावी पेश गरेपछि आजै नै राष्टपतिले नयाँ प्रधानमन्त्रीकारुपमा ओलीलाई नियुक्त गर्ने एमाले नेताहरुले बताएका छन् ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार