प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौ  प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्।

बामगठबन्धनको सरकार बन्न लागेको केहि समय अघि प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनलाई निकै चासोका साथ लिइएको छ । सम्वोधनअघि भोलि मन्त्रीपरिषद्को बैठक समेत बस्दैछ ।

आज हुने भनिएको बैठक बस्न नसकेपछि बैठक भोलि बिहान नौ बजेका लागि सारिएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार