निश्कर्षमा पुग्यो ओली–दाहाल वान टु वान बाता : दुवै नेता अति लचिलो बन्दै लिए ऐतिहासिक निर्णय

काठमाडौं, फागुन १ एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहालबीचको वान टु वान बार्ता निश्कर्षमा पुगेको छ । ललितपुरको मानभवनस्थित ब्यवसायी शारदा अधिकारीको निवासमा भएको ओली–दाहाल बार्ताले एकताको बिषयमा रहेका सवै बिवादको निकाश निकालेका हुन ।

बार्ता निश्कर्षमा पुगेसँगै बुधबार दिउसो २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय दुई नेताले लिएका छन ।
एकता र नेतृत्वको व्यवस्थापनबारे ओली र दाहालले सोमवार नै सहमति गरेका थिए । पार्टी एकता संयोजन समिति बैठकले दुई नेताबीचको सहमतिलाई अनुमोदन गर्दै सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्नेछ।

पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेबाट बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् । यस्तै, माओवादी केन्द्रका तर्फ बाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन्

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार