एमाले-माओवादी एकता टुंगोमा पुग्दा एकाएक ओली भेट्न किन पसे भारतीय राजदुत सिंहदरबार?

फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न राजदूत पुरी एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार पुरीले नयाँ सरकार गठनमा चासो व्यक्त गरेको बताए ।

जवाफमा ओलीले सहमति जुटाउन दलहरूसँग छलफल चलिराखेको उल्लेख गर्दै निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकारको प्रक्रिया सुरू हुने बताएका थिए ।

भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले पार्टी एकताबारे छलफल जारी रहेको र छिट्टै निर्णयमा पुग्ने उल्लेख गरे । सोमबार ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुवै जना सहअध्यक्ष बनेर पार्टी एकता गर्ने सहमति भएको थियो ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार