केन्यालाई झट्का, सन्दिपले लिए दुई विकेट

काठमाडौं २९ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्याविरुद्ध खेलिरहेको छ ।

नामिबियाको पार्क एफिज मैदानमा १६ ओभरको खेल सकिँदा सन्दिप लामिछानेले पहिलो विकेट गिराएर केन्याका एए ओवान्डालाई आउट बनाएका छन् । लगत्तै १८.४ ओभरको खेल सकिदा अर्को विकेट गिराएर डिएम गोन्डारियालाई आउट गरे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ब्याटिङको निम्ता दिएको हो । अघिल्ला तीन खेलमध्ये दुईमा जित र एकमा हार ब्यहोरेको नेपाल अङ्क तालीकाको चौथो स्थानमा छ ।

आजको खेलबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाहले आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा डेब्यु गरेका छन् ।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार