त्यो १० बर्षे जनयुद्ध: महिलाहरुले यसरी खोसेका थिए प्रहरीको बन्दुक

काठमाडौ जन्मदेव जैसी । ०५४ सालको २६ चैत्रको दिन । बसन्त ऋतुको आगमन हुँदैथियो । विथल डाँडामा पलाएका पालुवा र कोइलीको समधुर गीतले सधैको नियमिततालाई क्रमभंग गर्नै लागेको अनुभूति दिइरहेको थियो । नेपाली जनयुद्धको दोश्रो वार्षिकीको रौनक सिद्धिएको थिएन ।

एकातिर मनमोहक वातावरण अर्कोतिर पुरानो सत्ताको प्रहरीले गर्ने गस्तीले बस्ती आतंकित ।

त्यो दिन कालिकोटको माल्कोटस्थित विथल डाँडामा त्यही प्रवृति भयो । जनयुद्ध पश्चात भरखर क्रान्तिको बिउ रोपिदै थियो त्यहाँ । जनताको जनविद्रोहबाट अतालिएको पुरानो सत्ता जनयुद्ध रुपि बिरुवा निमोट्न देशै भरी विभिन्न षड्यन्त्रको तानाबाना बुनिरहेको थियो ।

माओवादी प्रभावित क्षेत्र उसको अभियानको निसानी भएकाले कालिकोटको जनक्रान्तिको तुफानी केन्द्र माल्कोटको विथल डाँडामा छिमेकी गाउँ कुमालगाउँ इप्रकाबाट प्रहरी गस्ती माल्कोट जाँदैथियो । हवल्दार कर्णबहादर थापाको नेतृत्वमा ११ जना प्रहरी गस्ती जव विथल डाँडा पुग्यो मच्चिन शुरु भयो प्रहरी आतंक ।

कर्णालीमा सर्वहारा मुक्तिका लागि क्रुान्तिको झण्डा उठाउने पहिलो व्यक्ति खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई हत्या गरेर मुक्तिकामी नेपाली जनताको जनमुक्ति आन्दोलन सखाप पार्ने गुरुयोजना बनाएर सो प्रहरी टोली त्यहाँ पुगेको थियो ।

घडीले विहानको ११ बजेको संकेत दिइरहेको थियो । दमनको असरी रुप देखाउँदै प्रहरीले विथल डाडाँमा रहेको जितबहादुर विकको घर घेरा हाले । परिवारलाई तथानाम गाली गर्दै आतंक मच्चाउँदै राक्षसरुपी प्रहरीले जितबहादुरकी बृद्धा आमालाई कन्चडमा गोली हानेर त्यहीँ लडाए । नाती कोखमा राखेर आँगनमा बसिरहेकी आमालाई प्रहरीले ढालेपछि जितबहादुरले सिट्टीको कासन दिएर गाउँलेलाई बोलाए ।

जनयुद्धको विगुल फुकेकै दिन पुरानो सत्ताका सबै संरचनालाई खारेज गरिसकेका महान माल्कोटी जनतालाई प्रहरीको त्यो ज्यादति सैय भएन र शुरु गर्नथाले प्रतिरोध । सिीको कासनसंगै माहुरीको वेग झै विद्युतीय गतिमा माल्कोटका बहादुर दलित महिलाहरु घटना स्थल बिथल डाँडामा पुगे । न उनीहरु तालीम प्राप्त थिए न जनमुक्ति सेना । न उनीहरुसँग कुनै हात हतियार नै थियो ।

निशस्त्र हातहरु लिएर विथल डाडाँ पुँगेपछि शुरु भयो बहादुर महिला र प्रहरीबीच घमसान लडाई । प्रहरीको ज्यादती र रगतको भेलबाट आक्रोषित ती महिला र प्रहरीबीचको लडाइबाट त्यो बिथल डाँडा एकै छिनपछि रणभूमिमा परिणत भयो ।

आधुनिक हतियारद्वारा सजित एघार जना प्रहरी र निशस्त्र महिलाको ढुङ्गा र मुढाको दोहोरो भिडन्त घमासान चल्यो । साँच्चै ति वीर नारिको चमत्कारी पूर्ण लडाई देख्दा लाग्थ्यो त्यो वास्तविकता हैन कुनै फिल्मको एउटा काल्पनीक कथा हो । तर त्यो बास्तविक घटना थियो।

अहिले इतिहास बनिसकेको छ त्यो घटना । शदिऔं कालदेखि प्रतिकि्रयावादी सत्ताद्वारा लादिएको दमनको प्रतिरोध उनीहरुले एकैचोटी गरेका थिए ती बहादुर कालिकोटका दलित महिलाले । वषौंदेखि भोगेको उत्पीडनबाट जन्मिएको त्यो क्रान्तिको ज्वालाभाडा विथलडाँडामा विस्फोट हुँदैगयो ।

सात दिन सम्म चलेको ऐतिहासिक पेरिस कम्यून र अंग्रेजबीचको लडाईलाई ओझेलमा चलिरह्यो त्यो ऐतिहासिक लडाई। गोलीका पर्रा लगतार छुटी नै रहे राइफल र ढुङ्गा मुढाको लडाई निरन्तर चलिरह्यो ।

गोलीको कुनै प्रवाह नगरी ती वीर नारीहरु मुक्ति या मृत्यु बाहेक अरु केही देखेका थिएनन् । बदला भावको तिव्र आक्रोश पोख्दै अनि लड्दै जाँदा निशस्त्र महिला योद्धा प्याउकला बिक, पुना बिक, मनसरा बिक, विजा बिक, गोरीकला बिक र एक पुरुष राइले बिक घाइते हुनुभयो ।
ती महिला योद्धाहरु किलोसेरा टू दमनमा गिरफ्तार गरी सामुहिक बलत्कारद्वारा निर्मता पूर्वक हत्या गरिएको थियो । कर्णाली कै प्रथम महिला सहीद बन्नुभएका ती महिलाहरुका विद्रोहभाव पुरानो राज्यसत्ताप्रतिको तिव्र आक्रोशलाई उत्कर्षमा लिंदै लडाईलाई महिलामुक्तिको पक्षमा विजयी गराउन प्रतिरोध जारी रह्यो लडाई रोकिने हैन अझ भिषण हुदैगयो ।

दलित महिलाको त्यो महान प्रतिरोध र विद्रोहको आँधी अगाडि राइफलधारी प्रहरीको केही सिप लागेन । त्यो महान प्रतिरोधबाट अत्तालिएर आपुनो होस् हवास् गुमाउदै प्रहरी ज्यान जोगाउन भागा भाग गर्न पुगे । दुश्मन प्रतिको घृणा फेरी पनि जनतामा मेटीएन ।

आक्रोषित जनताले फेरी पनि ती हत्याराहरुलाई छोडेनन् । ढुङ्गा र मुढाद्वारा बाँदर लखेटे झै निरन्तर लखेटी रहे । लडाईबाट विजय हासिल गरिछाडे ।

निरन्तर क्रान्ति जनसमुदायको लागी निरन्तर उत्सव हो भन्ने मान्यतालाई प्रमाणित गर्दै ती बहादुर दलित महिलाले एक जना प्रहरीको कुम हँसियाले काँटिदिए ।

ती महिलाको निसस्त्र प्रतिरोधबाट लज्जास्पद पराजय भोग्दै ती निरिह प्रहरी भाग्दै कोटवाडाको चिउरी मेलामा पुगे । विथल डाँडामा भएको दिनभरको लडाईबाट छिमेकी गाविसहरु कोटवाडा कृुमालगाउँ रुप्साका आक्रोषित भएका जनता थप प्रतिरोधको लागी चिउरी मेलामा जम्मा भइसकेका थिए ।

साहसी महिलाको साहसिक प्रतिरोधबाट अत्तालिएका प्रहरी ज्यान जोगाउन ओडार भित्र लुक्न बाध्य भए । ओडारबाट आधा घण्टा तल कालीगडबाट गादामा ढुङ्गा बोकेर गोलीको पर्रा र जनताको ढुङ्गा मुढाको प्रतिरोध फेरी पनि जारी नै रहयो । हतियार बुझाएर आत्मसमर्पण गरे बाच्न दिने सर्तसहित ती महिलाहरुले प्रहरीलाई आत्मसमर्पण गर्न कासन गरे ।

जनताको तागतबाट अत्तालिएका प्रहरीहरु जव अलि सुरक्षित ठाउँमा पुगेको ठानेर त्यो कासनको बेवास्ता गरे । महिलासहित जम्मा भएका जनताले बाहिरपट्टी रहेको खरमा मोट्टीतेल छकेर ओडार भित्र आगो लगाए ।

अर्धमृत्त अवस्थामा पोलिएर ओफेन्स डिफेन्स मिलाएर प्रहरीहरु ओडारबाट निष्कदै थिए हवल्दार कर्णबहादुर थापाको हातको राइफल माल्कोटी वीर एवं साहसिक महिला धनसरा बिकले खोस्न सफल हुनुभयो ।

हवल्दार कर्णबहादुर थापा महिलाहरुको ढुङ्गा मुढाको प्रतिरोधले उनी त्यहीँ ढले । बाँकी आठ जना प्रहरी ढुङ्गा मुढाको प्रतिरोध र आगोमा जलेर अर्धमृत्त अवस्थामा ओडारबाट भागाभाग गरे भने दुई जना उपचारको क्रममा बाटो मै मृत्यु भयो ।

दोहोरा भिडन्तकै क्रममा कालिकोट जिल्लाकै प्रथम सहीद कोटवाडा वार्ड नंं ७ निवासी कालीबहादुर बिकले उच्च साहदत प्राप्त गर्नुभयो । नेपाली जनयुद्धकै एउटा प्रतिनिधि मुलक बनेको त्यो घटना नेपाली जनवादी क्रान्तिकै एक ऐतिहासिक घटना हो ।

यो चमत्कारी घटनालाई नेपालमात्र हैन विश्वभरीका मुक्तिकामी जनताले युगौँयुगसम्म सम्झीरहनेछन् ।

शनिबार, पुस १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार