प्रधानमन्त्रीको तयारीमा ओली, मन्त्री छान्न सुरु भयो भित्रि चालवाजी

एमाले अध्यक्ष ओली भने सरकार गठनको जोडघटाउमा लागेका छन् । उनको यो हतारोले ओली दोस्रो पटक प्रधानमन्त्री बन्ने मौकामा छन् । एमाले अध्यक्ष ओली मतगणनाको अपडेट लिँदै एमाले अध्यक्ष ओली सरकार गठनको हिसावकितावमा व्यस्त छन् ।

नयाँ सरकार गठनका लागि छलफल समेत सुरु भैसकेको नेताहरुले बताउन थालेका छन् । अध्यक्ष ओली मन्त्री छनौटमा समेत लागिसकेको एक एमाले नेता बताउँछन् ।

आफ्नै निवासमा भक्तपुरमा आइतबार विहानै प्रतिनिधिसभामा विजयी एमालेका युवा नेता महेश बस्नेत र प्रदेशसभामा विजयी शशीजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधार्इ दिँदै अध्यक्ष ओलीले समृद्ध देश निर्माणको जिम्मा वाम गठबन्धनका काँधमा आएको बताए।

जितमा नमात्तिने र हारमा नआत्तिने भन्दै ओलीले भने ‘संसदमा २४० मध्ये ३३ सिट मात्रै जित्दा पनि हामी आत्तिएनौं,’ ‘लोकतान्त्रिक व्यवस्थामा फेरि सुदृढ अवस्था बनाउन सक्छौं भन्ने ठानेर त्यसबेला काम गर्यौं। अहिले हामी सफलताबाट मात्तिने छैनौं, सफलता त अव पाउनु पर्नेछ, मुलुकलाई समृद्धिमा लैजाने विषयमा।’

जनताका विकास र समृद्धिको चाहना र आकांक्षा पूरा हुने भन्दै वाम गठबन्धनले जनतालाई निराश नवनाउने उनले दावी गरे। ‘नेकपा एमाले र माओवादी केन्द्रबीचको यस तालमेललाई जसरी विश्वास दिनुभएको छ, त्यसमा निराश हुनुपर्ने अवस्था सिर्जना गर्दैनौं’, उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वाम गठबन्धनको आँकलन अनुसारकै परिणाम आइरहेको भन्दै आफूहरुलाई जितले थप जिम्मेवार बनाएको बताए।

सोमवार, मंसिर २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार