काम लागेन कमल थापाको डोजर चलाउने, पोल वाँढने र १६ मिटरवाला “इलेक्सन प्लान”

हेटौँडा,सरकारका उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले एमालेका उम्मेद्वार कृष्ण दाहालसँग चुनावी भिडन्तमा फेतेश्रो पटक पराजय भोग्नु परेको छ ।
थापा र दाहाललको यो पटकको चुनावी भिडन्त विभिन्न कारणले थप रोचक बन्न पुग्यो । यो पटक थापा राप्रपाका केन्द्रीय अध्यक्ष मात्र थिएनन्, सरकारका उपप्रधानमन्त्री तथा उर्जामन्त्री समेत थिए । यो अवस्थामा आफुलाई “हेवि वेट” भनि प्रचार गर्न उनले कार्यकर्तालाई खुबै लगाए ।

थापाले शक्ति र सत्ताको पनि निर्वाचन अवधिमा निकै प्रयोग गरेको देखियो । सोहि कारण कमल थापा बिरुद्ध मुख्य निर्वाचनको कार्यायल हेटौँडामा दुई पटक आचार संहिता उलंघन गरेको भन्दै उजुरी समेत पर्न गयो भने निर्वाचन आयोगले आचार संहिता उलंघन गरेको भन्दै उनलाई २४ घण्टे स्पष्ठीकरण समेत सोधेको थियो ।

चुनावी भिडन्तमा सामेल भएपछि थापाले मकवानपुरमा भएका हरेक कार्यक्रमहरुमा आफुलाई हेवि वेटको र राजनीतिको उत्तारर्धमा छु भन्दै अन्तिम पटक जिताउनको लागि निकै पहल तथा प्रयत्न गरे । १० पटक मन्त्री भैसकेका थापाको उनको प्रयत्न यो पटक भने सफल भएन् ।

थापाले निर्वाचन अघि आफुलाई विकासप्रेमी भन्दै निकै प्रचारका कामहरु पनि कार्यकर्तामाझ गर्न लगाए । २० औँ वर्षदेखि खानेपानीको समस्यामा रहेका हेटौँडा १५ को एक स्थानमा उनले आचारसंहिताको ठाडो उलंघन गर्दै पानीको पाइपको लागि डोजर चलाए । पुर्वि मकवानपुरको राइगाउँमा सरकारको बजेटमा सुरु भएको विद्युतिकरण आफुले गरेको भन्दै २,४ थान पोल कार्यकर्तालाई बोकाएर त्यसको पनि “क्रेडिट” लिने प्रयत्न गरे । तर उनको यो चुनावी रणनीतिलाई मकवानपुरको जनताले यो पटक “इग्नोर” गरिदिए ।

कमल थापालाई अवसरको लागि हदैसम्म राजनीतिक खेल खेल्ने खेलाडीको रुपमा बुझिन्छ । मकवानपुरबाट निर्वाचित नहुने हो भने आफ्नो राजनीति धरापमा देखेपछि थापाले विजयी हुनको लागि ठुलो मतदाता रहेको हेटौँडा बजारलाई प्रभावमा पार्न सकिन्छकी भनेर निर्वाचन हुनु तिन दिन पहिले मात्र मन्त्रीपरिषदबार हेटौँडाको २५ मिटर फराकिलो नपार्ने, राजमार्गनै हटाउने र १६ मिटर मात्र विस्तार गर्ने चलाखिपूर्ण निर्णय गरे ।

तर थापाको यो गेम प्लानलाई मकवानपुरे जनताले यो पटक राम्रोसँग बुझेका थिए र उनलाई पुरानै प्रतिस्पर्धी कृष्ण दाहालद्वार नमिठो पराजय बेहोर्न बाध्य बनाईदिए ।

सोमवार, मंसिर २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार