अधिनायकवाद आउँछ भन्नु कांग्रेसको हौवा

० निर्वाचनमा अहिले लोकतान्त्रिक र वाम गठबन्धन बनेका छन् र मैदानमा छन् , यसप्रति कुनै धारणा वा विश्लेषण गर्नु भएको छ कि ?
–राजनीतिमा धुव्रीकरण आवश्यक छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हुू । त्यसको आवश्यकताबारे पनि विश्लेषण गर्दै आएको थिएू । राजनीतिक विचार, सिद्धान्त र धारणा मिल्नेहरू एउटै धारमा वा कित्तामा रहूदा नागरिक तहमा पनि अन्यौलको विषय नहुने अवस्था हुन्छ । कुन दलको के राजनीति सिद्धान्त हो र उसले के नीति बोक्छ भन्न प्रष्ट हुन्छ र त्यसै अनुसार नागरिकले आफ्नो धारणा बनाएको हुन्छ । यसबाट दलको संख्या कम स्वतः हुन्छ नै त्योभन्दा बढी नीतिगतरुपमा प्रष्टता पनि हुन्छ । आखिर दलहरू भनेको नीति, सिद्धान्तमा चल्ने हुन नीति र सिद्धान्त नभएको दल रित्तो भाडो हुन्छ । यस्तो पार्टी जतिबेला पनि फुट्न सक्छ । तर, धुव्रीकरणले समाजलाई पनि धुव्रीकृत गर्छ र द्वन्द्व बढाउूछ भन्ने तर्क छ तर केही सन्दर्भमा त्यो हुन पनि सक्छ ।

 

० पार्टीहरूबीचको धुव्रीकरणले खासमा के गर्छ नि ?
–पार्टीहरूबीचको धुव्रीकरणले पहिलाका नीति र कार्यक्रममा परिवर्तन गर्छन् भन्ने मान्यता पनि छ । तर, हामीले के सम्झिनुपर्छ भने हरेक दलले देशको हितकै लागि काम गर्छन् । नीति तथा कार्यक्रम जनताको हितमै बनाउूछन् ।

० निर्वाचनमा हुने धुव्रीकरण र निर्वाचित भएपछि हुने ध्रवीकरणमा केही फरक पनि छ कि ?
–निर्वाचनको सन्दर्भ र अवधिमा हुने धु्रवीकरण र निर्वाचित भएपछि सरकार निर्माणका लागि हुने धुव्रीकरणबीच व्यापक भिन्नता छ । निर्वाचित भएपछि हुने ध्रुवीकरण भने सत्ता निर्माणका लागि निश्चित स्वार्थका लागि हुने ध्रुवीकरण हुने हो । तर, निर्वाचनको अवधिमा हुने ध्रुवीकरण भने वैचारिक धुव्रीकरण हो । अर्थात विचार मिल्ने र नजिक हुनेहरू निर्वाचन अघि नै ध्रुवीकृत हुन्छन् र  साझा नीति र कार्यक्रम लिएर नागरिकमा जान्छन् । पछि हुने समीकरण र ध्रुवीकरणमा फलानोले मानेन भनेर सरकारका नीति तथा कार्यक्रममा स्वामित्व ग्रहण नगर्ने प्रवृत्ति हुन्छ । निर्वाचन अघिको धु्रवीकरणमा निर्माण हुन नीति तथा कार्यक्रमको स्वामित्व त लिनुपर्छ नै नागरिकले प्रश्न गर्न पनि सहज हुन्छ । अर्थात् राजनीतिक प्रतिस्पर्धी, नागरिकमुखी नीति बनाउन बाध्यता सिर्जना गर्छ ।

 

० पार्टीहरूबीचको ध्रुवीकरणले समाजलाई के के कस्तो फाइदा वा बेफाइदा हुन्छ नि ?
–समाज र नागरिकको वास्तविक समस्या नउठाउने हो भने अर्को गठबन्धनले हाइज्याक गर्छ भन्ने डर पार्टीहरूलाई हुन्छ, त्यसले पनि हरेक गठबन्धन नागरिकमुखी हुन बाध्य पनि हुन्छन् । राजनीतिशास्त्रको भाषामा पहिलो फ्याक्सनलाईज हुन्छन् । त्यसपछि इन्च्यिुटलाईजेशनतिर जान्छ र कन्सोेलिडेशनतिर जान्छ  । वास्तवमा ध्रुवीकरणले राजनीतिलाई पनि संस्थागत विकास गराउूछ । संस्थागत विकास भएपछि समृद्धिको बाटोमा जान्छ ।

 

० त्यसो हो भने नेपालको राजनीतिमा ढिला धु्रवीकरण सुरु भएको हो भन्ने मान्ने पर्छ हो ?
–मेरो विश्लेषण र बुझाइमा नेपालको राजनीति २०४६ लगत्तै नै ध्रुवीकरणमा जानुपर्दथ्यो । कांग्रेस र कम्युनिष्टका दुई धार त्यतिबेला नै निर्माण भएर अगाडि आउनुपर्ने थियो । वास्तवमा कांग्रेस र राप्रपामा के फरक छ ? यी दल किन दुईवटा आवश्यक छ  ? एमाले, माओवादी, जनमोर्चाहरूमा खास के फरक छ र छुट्टै पसल आवश्यक प¥यो ? केही क्षेत्रीय पार्टीहरू रहन सक्छन् । तर, अहिलेका क्षेत्रीय पार्टीहरूले आपूmलाई राष्टिूय दल बनाउन लागेका छन् त्यसो हुूदा त ती दल पनि विचार मिल्नेसंग एकता र धु्रवीकरणमा जाँदा नै सबैभन्दा राम्रो हुन्छ ।

 

० राजनीतिक ध्रुवीकरण कहिले भएको भए देशलाई पनि राम्रो हुन्थ्यो नि ?
–राजनीति ध्रुवीकरण २०४६ सालमा भइदिएको भए अहिले जति पनि देशको समृद्धिमा घाटा लाग्यो त्यो हुने थिएन । एउटा पक्ष बाध्य भएर विकासको बाटोमा लाग्थ्यो । अहिले जसरी कम्युनिष्ट आए पनि महिला, दलित, जनजातिका अधिकार खोसिन्छ अधिनायकवाद आउूछ भनेर कांग्रेसले हौवा पिटेको छ त्यसरी चाहिं फेरि पनि राजनीति संस्कारको विकास हुूदैन । नेपालका कम्युनिष्टहरू कस्ता हुन उनीहरूले केसम्म गर्न सक्छन् भन्ने नागरिकले बुझिसकेका छन् । कम्युनिष्ट आफैमा अधिनायकवाद हो तर नेपालका कम्युनिष्टले त्यसो भनेका छन् भन्दाखेरि त, भनेकै छैनन् । हामीले हेर्ने भनेको उनीहरूको घोषणापत्रमा, नीति कार्यक्रम, व्यवहार र चरित्रमा हो, त्यसरी हेर्दा नेपालका कम्युनिष्ट कहाँनेर अधिनायकवादी देखिन्छन् त ? त्यो त देखिदैनन् । त्यस अर्थमा यस्ता कुतर्कले भने देशलाई राम्रो गर्दैन । अरु देशमा पहिला नै हाम्रो पार्टी वा म आए भने यो मात्रै काम गर्छु भनेर भन्ने गरेका छन् खै नेपालमा त त्यसो भनेका छैनन् । यो कुरालाई पनि हेर्नुपर्ने हुन्छ ।

 

० सामुदायिक र जातीय राजनीति र विचारबाट वैचारिक राजनीतिकले बढवा पाउँछ ?
(हो, विचार, सिद्धान्तको राजनीतिले बढी प्रश्रय पाउने अवस्थामा निश्चित जाति, समुदाय वा क्षेत्रको विषयमा मात्रै बोल्ने दलहरूको आधार कमजोर हुन्छ । देशको समृद्धिको बाटो वैचारिक नीति तथा कार्यक्रमका आधारमा निर्माण हुन्छ र लागू हुन्छ, साथमा त्यसले सबै क्षेत्र, जात र समुदायका नागरिकलाई समान अवसर प्रदान गर्न प्रयत्न गरेको हुन्छ । तर, जातीय र सामुदायिक र क्षेत्रीय नारा उठाउने दलको आधार कमजोर हुने स्वभाविक हो । अर्थात् त्यसलाई न्युटल बनाउँछ । सबै जाति, समुदाय र क्षेत्रका मुद्दा दलहरूले बोक्छन । फेरि, असमानताको कुरा उठाउने त कम्युनिष्ट नै हुन त्यस अर्थमा दलित, महिला, जनजाति, मधेशी वा अन्य जसले आपूmलाई विभेदमा परेको भन्ने गरेका तिनका मुद्दा कम्युनिष्टले स्वतः बोक्छन् भनेपछि ती समुदाय, जात वा क्षेत्र विशेषको दल किन आवश्यक पर्छ र ?

 

० अलिकति फरक कोणबाट विश्लेषण गर्दा संसारमा अहिले पपुलिष्ट राजनीति नारामा राजनीति आएको छ यो किन भइहेको छ ?
–केही एउटा निश्चित लोकप्रिय नारा बोकेर दलहरू राजनीतिमा हावी हुने प्रवृत्ति मूलतः सोभियत संघ विघटन भएपछि यस्तो हुन थालेको हो, जसलाई पपुलिष्ट राजनीति भनिन्छ । जुनसुकै दल वा व्यक्तिले नागरिकको बीचमा कुन नारा लोकप्रिय हुन्छ त्यही नारा दिएर आउन थालेका छन् । भेनेजुएलाले अमेरिकालाई गाली गरेर अगाडि आयो । अहिलेसम्म हेर्दा पनि पपुलर नारा दिए राजनीतिमा आउने देश र व्यक्तिकै बोलबाला छ चाहे नरेद्र मोदी हुन् वा सी जिनफिड हुन् । या त, ग्रीस होस् वा अस्टिूया नै किन नहोस् । वा ब्रेक्जिट पनि त्यसैसंग जोडिन्छ । अमेरिकाको स्थापित मान्यतालाई चुनौती दिने व्यक्तिमा दुई जना आए । एकजना वर्नी स्यान्डोज र डोनाल्ट टूम्प । स्थापित मान्यताले अमेरिकी समाजलाई ठीक गर्दै कल्याणकारी राज्यको पक्षमा देखिएका वर्नी पछिल्लो प्रतिस्पर्धामा आएनन् तर अर्को धारका नेताकारुपमा टूम्प निर्वाचनबाट विजयी भएर नै आए । त्यसकारण यसलाई गलत भन्न हुूदैन, यो विचारको रुपमा आयो भने देशका लागि फाइदा हुन्छ होइन, जातीय र समुदायिकताभन्दा माथि उठेन भने चाहिं सबैभन्दा ठूलो समस्या र चुनौती हुन्छ ।

 

० हुन त फेरि पनि कम्युनिष्ट देशहरू समृद्ध छैनन् भन्ने व्याख्या त हुन्छ नि ?
–हो, यो कुरामा केही सत्यता छ पनि । विश्वमा कम्युनिष्टहरू शासन गरेका देशमा समृद्धि कमजोर छ,  तर, कम्युनिष्टहरूले आफ्नो धार फरक बनाएपछि देश समृद्धिमा गएका छन् । एउटा पाटोबाट मात्रै हेर्न पनि हुूदैन । अहिले चीनले जे विकास गरेको छ त्यो पुरै कम्युनिष्ट मोडलमा गरेको होइन, र सी जिनफिङले खुला बजारको कुरा गरिरहेका छन् ।
विचार र प्रविधि आफ्नो मौलिकले मात्रै काम गर्दैन त्यो बाहिरबाट पनि ल्याउनुपर्छ । तर, त्यसलाई आफ्नो अनुकूलमा उपयोग गर्ने हो जुन काम चीनले गरेको पनि छ ।

 

० जुनसुकै राजनीतिक प्रणाली  पनि देशका लागि फाइदाजनक हुन्छ र ? 
–राजनीतिक प्रणालीले नागरिकलाई कति धेरै फाइदा दिन्छ त्यस आधारमा त्यो प्रणाली रहने कि नरहने भन्ने पनि हुन्छ । रुसमा नागरिकले फाइदा लिन सकेनन् रहेन, चीनमा नागरिकले केही हदसम्म लिएका छन् त्यसकारण अहिलेसम्म चलिरहेको छ । अमेरिकामा यस्तो प्रणाली टिक्नुमा नागरिकले फाइदा लिन सक्छन्, काम गर्ने हो भने खान नपाएर मर्ने अवस्था छैन ।

शनिबार, मंसिर २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार