बर्षमान भन्छन्ः गोरखामा बाबुरामको हार निश्चित छ, कांग्रेसले पनि माओवादीलाई भोट हाल्छ

काठमाडौं कात्तिक, २० माओवादी केन्द्रका प्रभाशाली नेता बर्षमान पुन अनन्तले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई संसदमा आवश्यक पर्ने मान्छे भएपनि अब त्यो सम्भावना सकिएको बताएका छन् । नेता पुनले बाबुराम भट्टराईले वाम गठवन्धनले भनेको नमान्दा गोरखाबाट निर्वाचन हार्ने निश्चित भएको बताएका हुन् ।
गोरखा २ माओवादीको गढ भएको भन्दै उनले झन एमाले पनि मिसिएपछि बाबुरामको हार तथा नारायणकाजीको जित सुनिश्चत भएको प्रष्ट पारे ।

बाबुराम भट्टराई गोरखाबाट नउठेर वाम गठवन्धनले भने जस्तो काठमाडौंबाट निर्वाचन लडेको भए उनले निर्वाचन जित्ने पुनको भनाई छ । उनले बाबुरामसँग वार्ता गर्दा गर्दै गठवन्धन छाडेर गएको भन्दै नारयणकाजीको गठवन्धन निर्माणमा पनि उल्लेख्य भूमिका रहेको जानकारी गराए ।

त्यसैले बाबुरामलाई गोरखाली जनाताले मतदान नगर्ने नेता पुनले प्रष्ट पारे । गोरखामा हरेक दिन नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेकाले पनि माओवादीले जित्ने उनको दाबी छ ।

नेता पुनले माओवादी र एमालेले मात्र होईन कांग्रेसले समेत नारायणकाजीलाई भोट हाल्ने प्रष्ट पारे ।

सोमवार, कार्तिक २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार