धाविका मीरा राईको गृह जिल्ला भोजपुरमा ट्रेल रनिङ आयोजना हुने

भोजपुर, कात्तिक १८ /

धाविका मीरा राईको सम्मानमा भोजपुरमा ट्रेल रनिङ हुने भएको छ । आउँदो मंसीर २ गते नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले टे«लको आयोजना गरिएकोे जानकारी गराइएको छ ।

१७ किलो मिटरको दूरीमा हुने दौड पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मा थर्पु विद्यालयबाट, मानेडाँडा, वास्तीम, पारपानी हुँदै भोजपुरको टुँडिखेल पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ । दौडमा महिला र पुरुष दुवै सहभागी हुन पाउने छन् । ट्रेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाउने छन् ।

त्यस्तै सिनियर पुरुष सिनियर महिला, जुनियर महिला र जुनियर पुरुषले ३ र ३ हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र पाउने रीमाचुङ स्पोर्टस एककेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । यस प्रतियोगितामा प्रथम हुने महिला सहभागीले आउँदो जनवरीमा हङ्ककङ्गमा हुने ५० किलोमिटर गोर्खा रेसमा सहभागी हुन पाउने अध्यक्ष राईले बताए ।

शनिबार, कार्तिक १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार