झापामा कांग्रेस–राप्रपा गठबन्धन टुट्यो

काठमाडौं, १३ कात्तिक– दुई सत्तारुढ दल कांग्रेस र राप्रपाबीच आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा देशैभर तालमेलको घोषणा भए पनि झापामा भने गठबन्धन टुटेको छ । कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले एउटै निर्वाचन क्षेत्र झापा–३ मा उम्मेदवारी दिने घोषणा गरेपछि झापामा दुई दल बीचको गठबन्धन टुटेको हो ।

झापामा तेस्रो स्थानमा रहेको राप्रपासँग चुनावी तालमेल गर्ने तयारी गर्दै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम कांग्रेसले पहिले समानुपातिकमा राखेको थियो । तर, सिटौलाले झापा ३ मा आफू प्रत्यक्ष चुनावमै लड्ने अडान लिएपछि राप्रपा नेता लिङ्देनले कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गर्नु भएको छ । लिंङ्देनले आफ्नो ट्वीटरमा लेख्नु भएको छ– भ्रममा नपरौं झापा क्षेत्र नं.३बाट मेरो उम्मेदवारी कायम रहन्छ । कुरा यति हो …एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससंगको गठबन्धन टुट्यो ।

सोमवार, कार्तिक १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार