युएईमा नेपाली महोत्सव हुदैँ नेपाली पत्रिका प्रकाशनको तयारी

हामी नेपाली एसोसिएसन नामक संस्थाले युएईमा नेपाली महोत्सव गर्ने भएको छ ।आगामी दुई महिना भित्रमा आयोजना गर्ने गरि तयारी थालिएको एसोसिएसनले शुक्रबार दुवईमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।नेपालीहरुलाई उत्पादन क्षेत्रमा लगानि गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष डा. दिनेश आचायले बताए।

सम्मेलनका बीच सार्बजनिक गरिएका अन्य कार्यक्रम अन्तगत बाढी पीडित र सुस्ता बस्तीमा बाढी आउदाँ बस्ने भवन निर्माणको तयारी सुरु भएको छ । उक्त भवन स्थानीय समिति संचालन गरि हस्तान्तरण गरिनेछ । यस्तै एक लाख पँचास हजार रुपयाँको कोष स्थापनाको तयारी थालिएको आचार्यले बताए।

तस्वीर मोहन बस्याल पाथिभरा न्युज

बिश्व भरी नेपाली एसोसिएसन दर्ता गर्न पहल गर्ने र युएईमा नेपाली पत्रिका प्रकाशनको लागि तयारी थाल्ने समेत सार्बजनिक कार्यक्रममा उल्लेख छ ।संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ३ हजार दिराम तलब दिएर एकजना मेनेजर राख्ने गरि खोजि भइरहेको छ । साथै २५ दिराम लिएर संस्थाको सदस्यता दिन सकिने अध्यक्ष आचार्यले बताए । युएईमा रहेका राजनीतिदल र एनआरएन बाहेक अन्य व्यक्ति यस संस्थमा समाहित हुन सक्नेछन् ।

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार