प्रदेशी एकता सहकारी सस्था युएईको देउशी भैलो भब्यताका साथ सम्पन्न

खिमलाल पाण्डे युएइ हिन्दु धर्मावलम्बिहरुको दोश्रो महान चाड तिहारको अबशर पारेर प्रदेशी एकता सहकारी सस्था यु ए ईले आयोजा गरेको तिहार बिशेष कार्यक्रम युएईको डेरा दुबई स्थित फ्लोरा होटेलमा बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भएको छ|

पाथिभरा न्युज

प्रदेशी एकता सहकारी सस्थाका संरक्षक बिष्णु मोहोत्राको अध्यक्षता र दिपेन्द्र कंडेलको संचालनमा शुरु गरिएको उक्त कार्यक्रम शुरु देखि अन्त्य सम्म नै निकै मनोरन्जनात्मक र आकर्षक पनि देखिएको थियो|संस्थाले शुभ दिपावलीको अबशर पारेर आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सगरमाथा बचत तथा ऋण सहकारीका संरक्षक काशी काफ्लेको उपस्थिति रहेको थियो |

त्यस्तै अन्य अतिथिहरुमा समाजसेवी जमुना न्युपाने ,नेपाल कला सास्कृतिक मंन्चका प्रतिनिधि नारायण बोहोरा, सगरमाथा सस्था उपाध्यक्ष सर्वन खत्री, कोशाध्यक्ष दिनेश न्यौपाने,सचिब देबराज पाण्डे समाजसेवी मनोज थापा , टोपलाल सुबेदी लगाएत समाज सेवी तथा बुद्दी जिबिहरुको समेत उपस्थिति देखिन्थ्यो|साथमा कलाकारहरु अनि पत्रकारहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो| उक्त कार्यक्रममा परदेशी एकता सहकारी संस्थाका कोषाध्यक्ष दामोदर कंडेल ,प्रमुख अतिथी काशी काफ्ले जमुना न्यौपाने लगायतले तिहार बिशेष शुभकामना मन्तब्य राखेका थिए |शुभकामना मन्तब्य सकिए लगत्तै दोश्रो चरणको कार्यक्रम देउशी भैलो साथ साथ बिभिन्न मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुतिहरुले उपस्थित दर्शकहरुलाई छमछमी नचाएका पनि थिए|

पाथिभरा न्युज

दोश्रो चरणको कार्यक्रम तर्फ कलाकारहरु सन्तोष महोत्रा , भिम लाल भण्डारी , गणेश खत्री मेघराज कंडेल मोहन बराल , नगेन्द्र बस्याल , जिबन न्युपाने , सर्वन खत्री , पदम पाण्डे लगायतले उक्त कार्यक्रमा धुम मच्चाएका थिए|सांगेतिक कार्यक्रममा देउशी भैलो , मारुनी नाच प्रस्तुत गरिएको थियो |कार्यक्रमको अन्त्यमा बिभिन्न नेपाली परिकारहरु सहित उपस्थित सबैलाई रात्रि भोजको ब्यबस्था समेत गरिएको थियो|

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार