मितेरी समाज युएईको देउसी भैलो कार्यक्रम सम्पन्न

डिल्ली हुमागाइ मितेरी समाज युएईले शुक्रबार अक्टोबर २० तारिक युएईको अलऐनमा देउसी भैलोको आयोजना गरेर तिहार मनाएको छ। यहाँ रहेका नेपालीको भावनालाई बुभेर एकदिन भएपनि रमाइलो गर्ने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । परदेशमा रहेर पनि आफ्नो परम्परा र सँस्कृतिको जगेर्ना गर्ने हेतुले परदेशी भूमिमा सामुहिक देउसीको आयोजना गरिएको समाजकी सचिब रन्जु राइले बताइन। टाढा भए पनी मन त नेपालमै हुन्छ समाजका महासचीव इश्वर गुरुङले भने, हरेक चाडपर्बमा प्रबासमा रहेका नेपालीले एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदानको गर्न यस्ता कार्यक्रमले सेतुको काम गर्दछ । कार्यक्रममा रेबिका थापा मगरले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।

तस्बिर सोनी भण्डारी पाथिभरा न्युज

अन्य कलाकालले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका समाजका कार्यबाहक अध्यक्ष प्रदिप पुन मगरले शुभकामना दिदै मितेरीले नेपाली दाजुभाइ तथा दिदीबहिनीलाइ हातोमालो गरेर अगाडी बढ्न हौसला प्रदान गरेको बताए । कार्यक्रममा मितेरी समाज युएईका नया सदस्यलाई स्वागत समेत गरिएको थियो । करिब २ सय जनाको उपस्थिती रहेको कार्यक्रममा सामुहिक देउसी भैला खेलिएको महासचिव ईश्वर गुरुङले जानकारी दिए ।

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार