तङ्नाम ३७९६ को अवसरमा देउसी भैलोका साथ बनभोज

 

डिल्ली हुमागाइ  किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा तङ्नाम ३७९६ विभिन्न कार्यक्रमका साथ बनभोज गरि मनाइएको छ । बनभोज कार्यक्रम शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न भएको थियो। नाम्लिङ्गे लारिङ्गे (देउसी भैलो) तथा लिम्बूहरुको मौलिक सांस्कृतिक नाच च्याबरुङ र धाननाँच नाचेर मनाईएको किरात याक्थुङ्ग चुम्लुङ्ग युएईका अध्यक्ष मनिस नाल्बोले बताए ।
कार्यक्रममा नेपाली चलचित्र निर्देशक किशोर सुब्बाको बिशेष आतिथ्यता रहेको थियो । यस्तै नेपाली समाज, युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाली सोसियल क्लब, युएईका अध्यक्ष सालिक सुबेदी, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष सरोज पङ्हाङ्गो, किरात याक्थुङ चुम्लुङ, युएईका भुतपुर्ब अध्यक्ष पीएस निङ्लेकू, तमू समाज, युएई अध्यक्ष उसा तमुस्यो, किरात राई यायोक्खा शाखा, युएईका अध्यक्ष हर्कमणि राई, थारु कल्याणकारी सेवा समाजका अध्यक्ष किशोर चौधरी, सुनुवार सेवा समाज, युएईका अध्यक्ष नरबहादुर सुनुवार, संघिय लिम्बुवान समाज, युएईका कार्यकारी सदस्य लासाङ निङ्लेकू, ताप्लेजुङ सेवा समाज, युएईका अध्यक्ष डिल्ली लिम्बु र महासचिब भवानी माङ्मू, तामाङ समाज, युएईका प्रतिनिधि लगायत युएईमा रहेका विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ, (चुम्लुङ) युएईका अध्यक्ष मनिष नाल्बोले गरेका थिए।

तस्बिर पाथिभरा न्युज

कार्यक्रममा लिम्बू समुदायको मौलिक भाषा, कला, संस्कृति र भेषभुषा संरक्षण, सम्बर्ध्दन र बिकामा योगलान पु¥याएकोले लिम्बू कलाकार संघका अध्यक्ष किशोर सुब्बालाई नेपाल आदिबासी जनजाति महासंघ, युएई, किरात याक्थुङ चुम्लुङ, युएई र ताप्लेजुङ सेवा समाज, युएईले सम्मान गरेको थियो ।यस्तै चुम्लुङ, युएईका अध्यक्ष मनिष नाल्बोले बीरबहादुर ईधिङ्गो शिवरात्री नाल्बो, दुर्गा लिम्बू थोक्लेन,शान्ता कुरुम्बाङ, बिद्या लिम्बू, राजेश जबेगु, रनु जबेगु, धनबहादुर लिम्बू, गोबिन्द कुमार लिम्बू, सरस्वती इङनाम, सीतादेवी लिम्बू इजम र गजुरसिङ वनेम सहित १२ सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङ, युएईको आजिबन सदस्यता प्रमाण पत्र वितरण गरियो ।

कार्यक्रममा सेलरोटी, सुगुर र लोकल कुखुराको मासु तथा सेकुवा मुख्य खानाको रुपमा रहेको थियो । यस्तै कार्यक्रमको अर्को मुख्य आकर्षक खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगिता धाननाँच, लिम्बू पहिरन, छेलो, हाँडीफोर, भालेजुदाई, मुन्धुम, लिम्बू ईतिहास, लिम्बू भाषा संस्कृतिमा आधारित हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले थप मनोरञ्जन दिएको थियो । बलिहाङ तङ्नाम बनभोज कार्यक्रम स्थानीय नियम कानुन तथा प्रवासका विभिन्न समस्याका कारण घर घर गएर नाम्लिङ्गे लारिङ्गे (देउसी भैलो) खेलेर मनाउन सम्भब नभएकोले किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा हरेक वर्ष बलिहाङ तङ्नाम यसरि नै पार्कमा बनभोज खाएर मनाइदै आएको छ । लिम्बू समुदायको मौलिक भाषा, धर्म, कला, संस्कृति र भेषभुषा संरक्षण समर्ध्दन तथा बिकासको लागि निरन्तरता दिने आयोजकले बताएको छ ।

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार