प्रचण्डले वालुवाटारमै लगाए भाइटीका, खेले तास

हो, जनयुद्ध सुरु भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैंमा टीका लगाएनन्, न त तिहारमा भाइटीका नै लगाए।

त्यसैले, यस पटक दशैंमा उनले टीका लगाएको तस्वीर पुत्र प्रकाशले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दा त्यो निकै ठूलो चर्चाको विषय बन्यो।

झन्, दशैं लगत्तै चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि त, एमालेसँग अनुकूलनका लागि टीका लगाएको टिप्पणीसमेत राजनीतिक बृत्त र सामाजिक सञ्जालमा भयो।

दशैंको टीका त प्रचण्डले यस पटक लगाए, तर तिहारमा टीका भने गत सालदेखि नै सुरु भएको थियो।

गतसाल प्रचण्ड प्रधानमन्त्री थिए। त्यसैले, काठमाडौँमा रहेका उनका ५ वहिनीहरु बालुवाटार पुगे, दाजु प्रचण्डसँग भेट गर्ने भन्दै। उनीहरुले सगोलमा दाजुका लागि उपहारको रुपमा कपडापनि लगेका थिए।

जम्मा भएपछि उनीहरुले प्रचण्डलाई बीचमा राखे, आफूहरुले लगेका कपडा लगाउन लगाए।

उनीहरुले रातो अविर दाजु प्रचण्डको निधारमा लगाइदिए। तिहारमा दिदीबहिनीले दाजुबहिनीलाई लगाइदिने सप्तरंगी रंग नभएपनि बहिनीहरुले लगाइदिएको त्यो टीका आकारका दृष्टिले तिहारमा लगाइने ठाडो टीका जस्तै थियो। अनि मखमली फूलको मालापनि लगाइदिए।

प्रचण्डको स्वभाव नै हो, कसैले केही प्रस्ताव राख्यो भने हुन्न भन्न जान्दैनन्। बहिनीलगायत बालुवाटारमा जुटेका पारिवारिक सदस्यहरु तास खेल्न थाले। तासका लागि प्रचण्डलाई पनि आग्रह गरियो।

‘मन राखिदिन’ उनी विनाप्वाइन्टको तासमा सरिक भए। बहिनी, छोरी, नातिनातिना लगायत पारिवारिक सदस्यहरुसँग प्रचण्डले झण्डै १५ मिनेट तास खेले नेपाल खबरवाट

शुक्रबार, कार्तिक ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार