नेपाल र हङकङबिचको खेल भोलि हुने

काठमाडौ ,असोज २९/

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल भोलीका लागि सरेको छ ।
हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आज हुने तय भएको खेल सामुद्री आँधीका कारण भोलीका लागि सारिएको हो ।

यो खेल नेपालका लागि विश्वकप छनोट खेल्ने झिनो आशा कायमै राख्न जित्नैपर्ने दबाब छ । नेपालले हङकङपछि युएईसँग दुईओटा खेल खेल्न बाँकी छ ।

नेपालले विश्वकप छनोटमा ठाउँ बनाउन युएईलाई हराएरमात्र पनि पुग्ने छैन, हङकङ र केन्या आफ्ना बाँकी खेलमा पनि पराजित हुनुपर्नेछ ।

हङकङविरुद्धको दोस्रो खेलमा पराजय व्यहोरे नेपाल दुई खेल खेल्न बाँकी छँदै डिभिजन ‘टु’मा झर्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

आइतवार, अशोज २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार