आज मध्य राती माओवादीका मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको गोप्य तयारी,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिस्तार गरेका छन् । बिस्तारित मन्त्रीपरिषदमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउबाले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्ने चर्चा र आशंका चलिरहेको बेला सरकार बिस्तार भएको हो ।
सरकार बिस्तारसँगै माओवादी मन्त्रीहरु सरकारमा नै रहने या छोड्ने विषयले झन चर्चा पाएको छ ।
माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता र चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय भएपछि राप्रपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउबामाथि चर्को दबाब परेको थियो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने नहुने बारे भने अझै केही कुरा सार्वजनिक भएको छैन ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई आज राती बर्खास्त गर्ने  उच स्रोतले पाथिभरा न्युज जानकारी दिएको छ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने देउबाले भनेमा आफ्ना मन्त्री फिर्ता बोलाउन सक्ने बताउँदै आएका छन् ।
यद्यपी मन्त्री परिषदको बिस्तारले निर्वाचनको मितिमा भने कुनै असर नपर्ने देउबाले आजै एक कार्यक्रममा बताएका थिए ।

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार