उम्मेदवार छनोटमा माओवादीभित्र चर्को विवाद

काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशसभाको लागि उम्मेदवार छनोटका विषयमा माओवादी केन्द्र जुम्लामा चर्को विवाद भएको छ ।
पार्टीका जिल्ला संयोजक विरबहादुर कुवँरले संघ र प्रदेश सभाका लागि माओवादी केन्द्रको ६ नम्बर प्रदेश कार्यालय सुर्खेतमा सिफरिस गरी पठाएपछि पार्टी कार्यकर्ता बीच विवाद चुलिदै गएको हो ।
संघको प्रत्यक्षतर्फ गजेन्द्रबहादुर महत र समानुपातिकतर्फ मुनबहादुर बुढा सहित ७ जनाको नाम सिफारिस गएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ विरबहादुर कुवँर र नरेश भण्डारी सहित ७ जनाको सिफारिस गएको छ भने समानुपातिक तर्फ गोमा कुवँर सहित १० जनाएको नाम प्रादेशिक कार्यालय सुर्खेतमा सिफारिस गएिको छ ।
निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ पुर्णप्रसाद धिताललाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ लक्ष्मीकन्या बुढा सहित १२ जनाको नाम सिफारिस गरिएको छ ।
संघ र प्रदेशका लागि नाम सिफारिस गरी पठाएको नामवली सार्वजनिक भएपछि पार्टीका जिल्ला इञ्चार्ज नवराज न्यौपानेले पार्टीमा छलफल र सहमति विना नै रिफारिस गएको नाम मान्य नहुने भन्दै प्रेस विज्ञप्ती जारी गरेपछि विवाद चुलिएको हो ।

गएको असोज २४ गते पार्टी पोलिटव्यूरो सदस्य बीच भएको छलफलले जिल्ला इञ्चार्ज र संयोजकले उम्मेदवारका नामवली तयार गरीसकेपछि पोलिटव्यूरो सदस्यहरुबीच छलफल गरेर उम्मेदवारको अन्तिम नामवली टुंगो लगाउने निर्णय भएको थियो ।

तर, त्यसो नभई संयोजक कुवँरको एकल निर्णय पार्टीलाई मान्य नहुने इञ्चार्ज न्यौपानेले बताए ।
पुर्व सभासद तथा पोलिटव्यूरो सदस्य नरेश भण्डारीले देश र जनताको भविष्य फैसला गर्ने जनप्रतिनिधिहरुको चयन गर्न जिल्ला कमिटिको बैठक चाहिने भन्दै यो सार्वजनिक भ्रमिक नामवलीमा विचलित नहुन विवेकशिल कार्यकता र जनतामा अपिल गरेका छन् ।

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार