छैटौंपटक मन्त्रीमण्डल बिस्तार हुँदै, राप्रपाबाट ४ मन्त्री थपिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराउने भएका छन् । सत्तारुढ दल नेकपा माओवादीले आसन्न चुनावमा वामपन्थी तालमेल र त्यसपछि पार्टी एकिकरण गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति गरेपछि बदलिएको शक्ति सन्तुलनमा थापा नेतृत्वको राप्रपा पनि सरकारमा सहभागी हुन लागेको हो।

जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले छैटौं पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। उच्च स्रोतका अनुसार, वर्तमान संसदको अवधि सकिनु केही समय अगाडि संसदमा रहेको राप्रपाका अध्यक्ष थापासहित चार जनालाई शुक्रबार नै सपथ खुवाउने तयारी भइरहेको छ।

थापालाई उपप्रधानमन्त्री पदमा नियुक्त गरेपनि उनीसहित चारैजनालाई आज कुनै मन्त्रालयको जिम्मेवारी भने दिइने सम्भावना नभएको स्रोतले बतायो।उच्च स्रोतले दिएको जानकारी अनुसार, पछि गृहमन्त्रालयको जिम्मेवारी पाउने सम्भावना भएपनि आज थापा र अर्का नेता दिलनाथ गिरीसहित थप दुई जना विनाविभागिय मन्त्रीका रुपमा रहने छन्।विपक्षी दलसँग गठबन्धन गर्दै विगतमा भएको तीन बुँदे सहमति लत्याएको आरोप लगाउँदै माओवादीलाई सरकारबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र र बाहिरबाट दबाब परिरहेको छ।

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार