देउवाले साेधे, ‘म अाफैँ सभापति र प्रधानमन्त्री भएकाे बेला पार्टी सिद्धिने त हाेइन?’

काठमाडाैँ । वाम गठबन्धनपछि हच्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे भविष्यप्रति चिन्ता प्रकट गरेका छन् ।

पार्टीकाे बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीभित्रकाे गुट उपगुट निर्वाचनकाे बेला देखिन नहुने भनार्इ राख्दै पार्टीकाे भविष्यप्रति नै चिन्ता प्रकट गरेका हुन् ।

‘मधेसमा मधेसवादी दलले नै जित्ने देखिन्छ, पहाडमा वाम गठबन्धन बलियाे छ, एकाध बाहेकका ठाउँमा गठबन्धनले जित्ने निश्चित छ’ देउवाले छलफलमा भने, ‘अहिले पार्टीभित्र गुट उपगुट देखियाे भने हामीलार्इ हाम्राे पार्टी अस्तित्व जाेगाउन गाह्राे हुन्छ ।’

पार्टीमा गुट उपगुट बढेकाेमा चिन्ता प्रकट गर्दै उनले भने, ‘म अाफैँ पार्टी सभापति र प्रधानमन्त्री भएकाे बेला पार्टी नै सिद्धिने चिन्ता छ, अब गुट उपगुट त्यागाैँ ।’

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार