मालपोत कार्यालय बागलुङका हाकिम १० हजार घुसससहित पक्राउ

बागलुङ । मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा घुस लिदैँ गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट १० हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई बिहीबार अपरान्ह नियन्त्रणमा लिएको हो ।

घुस मागेको पुर्वसूचनाका आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सुचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

जग्गा रजिष्ट्रेशन पास गर्ने भनी शर्माले सेवाग्राहीबाट १० हजार रुपैँया मागेका थिए । त्यसपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए । शर्मा उनकै कार्यकक्षमा घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

सेवाग्राहीको गुनासोपछि आयोगले नम्बर टिपेर पठाएको १० हजार रुपैयाँ शर्माबाट बरामद भएको हो । सूचना अधिकारी ढकालले थप अनुसन्धानका लागि शर्मालार्इ पोखरा लगिने जानकारी दिनुभयो ।

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार