क्याटलोनियाका स्वतन्त्रताबादी नेतालाई ५ दिने अल्टिमेटम

काठमाडौं, असोज २६/

स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिएका छन् ।

 

प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट भएपछि थप प्रक्रिया अघि बढाइने बताएका छन् ।

मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको थियो ।

सोही सूचनाका आधारमा स्पेनका प्रधानमन्त्रीले क्याटलोनिया प्रशासनलाई प्रश्न गरेको बताइएको छ । यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय प्रधानमन्त्रीको भनाइ थियो ।

आगामी सोमबारभित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राजोइको भनाई छ ।

हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणा समेत गरेका छन् ।

उनीहरुले सो जनमत संग्रहपछि क्याटालोनियाको स्वतन्त्रताका लागि भन्दै जनमत संग्रह गरेका थिए ।

सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो ।

क्याटलोनिया प्रशासनले स्वतन्त्र राज्य घोषणा गरेको पुष्टि गरे या प्रधानमन्त्रीको जवाफ नदिए स्पेनको केन्द्रीय सरकारले संविधानअनुसार केन्द्रीय शासन लागू गर्ने बताइएको छ ।

 

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार