फेरी ‘छक्का पञ्जा’ ३ बन्ने

काठमाडौ ,असोज २५ /

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो । मल्टिप्लेक्समा सय दिन मनाउने पहिलो सिनेमा पनि ‘छक्का पञ्जा’ नै बन्यो । त्यसअघि सिनेमा ‘दर्पण छायाँ’ले भने सिंगल थियटरमा सय दिन मनाएको थियो ।

पहिलो पटक निर्देशन गरेको सिनेमाको सफलता पछि दीपाश्रीले दोस्रो सिनेमा ‘छक्का पञ्जा २’ पनि निर्देशन गरिसकेकी छिन् । उनको दोस्रो निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ ले सुखद मात्रै हैन आक्रामक व्यापार गरेको छ । रिलिज भएको १३ दिनमा सिनेमाले १२ करोड रुपैयाँमाथिको कारोबार गरिसकेको छ ।

एकातिर सिनेमा हेर्नेहरुको भिड छ भने अर्को तर्फ सिनेमा राम्रो छैन भनेर आलोचना गर्नेहरुको पनि कमी छैन । तर दर्शकले आफ्नो ब्राण्डमा देखाएको विश्वास र मायालाई आत्मसाथ गर्दै ‘छक्का पञ्जा’को टिमले ‘छक्का पञ्जा ३’ निर्माण गर्ने घोषणा गरेको छ ।

परिपक्व समीक्षक र दर्शकले देखाएका केही गल्तीहरुलाई स्वीकार गर्दै ती गल्तीहरुलाई भविष्यमा सुधार्ने भन्दै दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आधिकारिक रुपमै आफूहरु ‘छक्का पञ्जा ३’ को तयारीमा जुटेको उल्लेख गरेका छन् । तर उनले सिनेमामा हुने कलाकारहरुको बारेमा भने खुलाएका छैनन् । तर दीपाश्रीका अनुसार ‘छक्का पञ्जा २’ कै कलाकारहरु दोहोरिने पक्का भएको छ ।

 

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार