हात्ती पाल्ने राजवंशी जमिनदारहरुलाई अहिले साइकल चढ्न मुस्किल

दमक, असोज २५/

करिब तीन दशक अघिसम्म झापा र मोरङमा बसोबास गर्ने राजवंशी समुदायका हात्ती चढ्ने देउनीया ९जमिनदार० लाई अहिले साइकल चढ्न समस्या छ ।

सौख र शानले जीवन जिएका झापा र मोरङका झण्डै दुई दर्जनबढी राजवंशी देउनीयाले त्यसताका हात्ती पालेका हुन्थे । ‘बंशेर चि≈न नाति, धनेर चि≈न हात्ती’ अथार्त ९वंशको चि≈न नाति, धनको चि≈न हात्ती० राजवंशी समुदायको चर्चित उखान हो । हात्तीका लागि चरन क्षेत्रको अभाव र हात्ती पालुवा देउनीयाको धन सम्पत्ति सकिदै गएपछि यो उखान पनि राजवंशी समुदायको जनजिब्रोबाट हटेर गएको छ ।

हात्ती पालुवा देउनीया अहिले कसैको घरमा पनि हात्ती छैन । यहा“सम्म कि हात्ती चढेका कतिपय देउनीया र उनीहरुका सन्तानले अहिले साइकल पनि चढ्न सकिरहेका छैनन् ।

विगतमा आन, बान र शान भएका राजवंशीले गिर्दो आर्थिक अवस्थाका कारण विलाशी र आरामदायी सवारीसाधन हात्तीलाई थेग्न नसकेको बताउछन राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोम राजवंशी ।

आर्थिक अवस्था कमजोर भएपछि धेरैले आ–आफ्ना हात्ती बिक्री गरेका र आवश्यक स्याहार नपुग्दा केहीका हात्ती मरेको राजवंशीले बताए ।

झापाको बिर्तामोड क्षेत्रमा मात्रै तीन दशक अघिसम्म सात वटा हात्ती पालिएका थिए । बिर्तामोडमा सतानुसिंह राजवंशी, सतालसिंह राजवंशी, मुलाई राजवंशी, मण्डा राजवंशी, भाजीखुवा राजवंशी, माक्ना चौधरी र भरतबाबु ९सीके० प्रसाईंले हात्ती पालेका थिए ।

त्यस्तै, महेशपुरका सुन्दरलाल राजवंशी, हल्दीबारीका हागा राजवंशी, राजगढका छविलाल राजवंशी, मोतीलाल राजवंशी, सिक्टा मिया, चेमा राजवंशी, बस्तीपागला राजवंशी, गौरीगञ्जका भीमप्रसाद राजवंशी चौधरी, गोजोसिंह राजवंशीको घरमा पनि हात्ती पालिएको थियो ।

मोरङमा आधा दर्जन भन्दा बढी देउनीयाको घरमा पनि हात्ती पालिएको थियो । डायनिया कुरेलीका तीलकचन्द्र राजवंशी चौधरीको घरमा तीन वटा हात्ती थियो भने कटहरीका चैतुलाल राजवंशी चौधरी, गोविन्दपुरका सुन्दरलाल राजवंशी, झुर्कियाका मोटा जिम्दारलगायतले हात्ती पालेका थिए ।

उनीहरुमध्ये धेरैका छोरा नातिलाई अहिले अर्थाभावका कारण साइकल चढ्न पनि धौ–धौ परिरहेको बताइएको छ ।
बिर्तामोड नगरपालिकास्थित बिर्ताबजारका सतानुसिंह राजवंशीकी श्रीमती ८१ वर्षीया गौरवतीलाई पहिलेका कुरा सम्झिदा मन खिन्न हुन्छ ।

विसं २०१३ मा उनको विवाह हुदा चार वटा हात्ती, १२ वटा भन्दा बढी घोडा र धेरै सम्पनी गाडी ९सजाइएको गोरु गाडा० जन्तीमा लगिएको थियो । गौरावती आफ्नो विवाह सम्झिदै भन्छिन– “त्यस्तो रमाइलो कहिल्यै हेर्न त्यस यता मैले पाएको छैन ।”

बेहुली भएर भित्रिएको दिन सम्झदै उनी भन्छिन– “म भित्रदा मेरो घरमा हात्तीसगै दुईवटा जिप र एउटा ट्र्याक्टर पनि थियो, तर म हात्तीमै सवार गर्थे । मलाई हात्तीमै सवार हुन आनन्द लाग्थ्यो ।” गरामनीको दशैं मेला, किच्चकबध मेला र माइत पथरीया जादा हात्तीमै जाने गरेको उनी सम्झन्छन् ।

उनले थपिन– “बेचिसकेको हात्तीको सम्झना गर्दा पनि मन भक्कानिएर आउछ ।” अहिले गौरावतीसंग हात्तीको चिनोस्वरुप एउटा दार्हा मात्र बाकी छ ।

बाल्यकालमा आफू चढेको हात्तीका बारेमा सम्झिदा सतालसिंह राजवंशीका छोरा विजयलाई पनि नरमाइलो लाग्छ । “त्यतिबेला राजवंशी सयौं बिगाहा जमिनका मालिक थिए,” उनी भन्छन– समय परिस्थितिले यो नाजुक अवस्थामा हामीलाई ल्याई पुर्यायो ।

गिर्दो आर्थिक अवस्थाकै कारण राजवंशीले हात्ती बेच्नुपरेको उनको भोगाइ छ । त्यतिबेला सतालसिंहको १०० बिगाहा जग्गा रहेकामा अहिले १५ बिगाहामा खुम्चिएको छ । अरु सबै जग्गा जमिन दान र बिक्री गरेरै सकिएको उनी बताउन्छन ।

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार