पाथिभरा मन्दिर जाने तिर्थयात्री जोखिम मोलेरै यात्रा गर्न बाध्य

ताप्लेजुङ,असोज २४/

सम्बन्धित संस्था र ठेकेदारको लापरवाहीका कारण दश किलोमिटर सडक सुधार नहुँदा ताप्लेजुङमा रहेको पाथिभरा मन्दिर जाने तिर्थयात्री जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।


एकै सिजनमा लाखौ तिर्थयात्री पुग्ने पाथिभरा मन्दिर जाने सुकेटारदेखि तल्लो फेदीसम्मको दश किलोमिटर बाटो सुधार नगर्दा वर्षेनी तीर्थालु हिलाम्मे सडकमा सवारीसाधन ठेलेर जान बाध्य हुन् ।

सडकको स्तरोन्नती गर्न क्षेत्रीय पर्यटक मार्ग घोषणा गरेर सरकारका तर्फबाट काम भईरहे पनि ठेकेदारले समयमा काम नगर्दा वर्षेनी हैरानी ब्यहोर्नु परेको हो ।

 

सुकेटारसम्म कालोपत्रे सडक पुगे पनि त्यसभन्दा माथिको करीब १० किलोमिटर सडक कच्ची र सवारी भासिने हुँदा गाडी चलाउन जोखिम रहेको सवारी चालक बताउँछन् । सो सडकको स्तरोन्नती कै नाममा विभिन्न समयमा गरी हालसम्म ३ करोडभन्दा बढी रकम सकाइएको छ ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार