आज नेपालले ताजकिस्तानसँग खेल्दै

काठमाडौ ,असोज २४ /

एएफसी एसियन कप फुटबल छनोट अन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दैछ । ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ ।


समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ । तर ताजकिस्तान विरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन ।

यसअघि गत भदौं २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।

 

नेपाल रहेको समूहमा फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा रहँदा ५ अंकसहित यमन दोस्रो तथा ३ अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा छ । नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा एक एक खेल खेल्न बाँकी छ ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार