युएइमा निधन भएका शाक्यको परिवारलाई एनआरएनको सहयोग

रुपेश अधिकारी युएई,गैर आबासिय नेपाली संघ युएईले, युएईमा निधन भएका पञ्जिकृत सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । गत अक्टोबर ३ तारिखमा निधन भएका सिन्धुपालचोकका दिनेश शाक्यको श्रीमतिलाई दुतावासमार्फत संघले आइतबार सहयोग हस्तान्तरण गरेको हो । एनआरएन युएईको पहिलो बैठकबाट पारित गरिएको पञ्जिकृत सदस्यको मृत्यु भएमा १ लाख ५० हजार दिने निर्णय बमोजिम आइतबार राजदुत नेत्र बहादुर टण्डन मार्फत उक्त रकम सहयोग गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, महासचिव कृष्ण पौडेल, युवासञ्जाल संयोज नवीन पौडेल,उपाध्यक्ष निर्मल पोखरेल प्रबक्ता मनु क्षेत्री र एनआरएन अबुधाबी अध्यक्ष सन्तोष कार्की समेतको उपस्थिति रहेको थियो ।
साथै संघले मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना समेत प्रकट गरेको छ । यसैगरी युएईमा क्रियाशील सम्पूर्ण संघसंस्थालाई पनि सहयोग गर्न संघले अपिल गरेको छ । युएईको अबुधाबीमा कामगदै आएका शाक्य सेप्टेम्बर २२ मा सिढीबाट लडेर उपचार गराई रहेका थिए। उनको उपचारकै क्रममा निधन भएको हो ।उनको शवलाई नेपाल पठाउन तत्काल आवश्यक प्रक्रिया पुरा गरि दुतावाससँग समन्वय गरिने समेत संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

सोमवार, अशोज २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार