लालीगुराँसको समिक्षा,सहयोगी तथा नयाँ कार्यसमिति स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतले रिदम हल जिलिवमा कार्यक्रम समिक्षा,सहयोगी तथा कलाकार सम्मान ,नयाँ कार्य समिति स्वागत एंव दिवा भोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको खबर संस्थाका महासचिव याधव राकशकोटीले तितोपाटी डटकमलाई जानकारी गराएका छन् ।संस्थाका अध्यक्ष माधब पौडेलको सभापतित्व गर्नुभएको कार्यक्रममा गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको प्रथम उपाध्यक्ष सुमित्रा पौडेलले प्रमुख अातिथ्य गर्नुभएको उक्त कार्यक्रम प्रेम कटुवालले संचालन गरेका थिए
कार्यक्रमलाई सभापति प्रमुख अतिथि र सरंक्षकहरु सयुक्त रुपमा दिप प्रजव्लन गरेर उद्घाटन गरिएको थियो ।संस्थाका उपाध्यक्ष मुक्त बहादुर बि.क को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि लगाएत विभिन्न व्यक्ति बिशेषहरुले समिक्षा मन्तब्य दिएका थिए l
संरक्षक राजेन्द्र बिरहि ले अाफुले स्थापना गरेको संस्थाले शिखर चुमेकोमा अाफुले गौरब गरेको मनत्व्य राखेका थिए । मन्तब्यकै क्रममा कला र गला हुने कलाकारहरुले राष्ट्रिय कलाकार बन्ने ईच्छा भएमा संस्थाको तर्फबाट सहयोगको कुनै कसर नछोड्ने संस्थाका संरक्षक बि बि मल्ल ठकुरी र संरक्षक डी बी लोप्चनले प्रतिबद्धता रहेको बताए l अन्य बक्ताहरुको तर्फबाट पनि कार्यक्रम पूर्णरुपमा सफल भएको र यस्ताखाले कार्यक्रमलाई निरन्तता दिनु पर्नेमा सबैको समिक्षा मन्तव्य रहेको थियो

कार्यक्रममा कुवेतका चिर परिचित गजलकार संस्थाका सलाहकार मनोज काफ्ले र अमर खड्काले गजल वाचन गरेका थिए भने संस्थाका कलाकारहरुले लोपोन्मुख पन्चे बाजा बजाएर थप आकर्षक थपेका थिए भने प्रतक्ष्य दोहोरीमा प्रेम कटवाल, बिराज तामाङ र सपना थापा मगरको जोडीले थप रौनक थप्दै सबैलाई मनोरंजन दिलाएको थियो कार्यक्रममा उपस्थित आगान्तुक पाहुनाहरुलाई दिवा भोज उपलब्ध गराएको थियो l
रिक्त पदपूर्ति गर्दै परिचित हास्य कलाकार सोम रसाइली लाइ बरिष्ठ उपाध्यक्षमा र सदस्यमा क्रमश घनश्याम वास्कोटी, मिलन रसाइली र होम सुनारलाई मनोनित गर्दै दोसल्ला अोडाएर प्रमुख अतिथि ,सभापति एंव सरंक्षकहरुले स्वागत गरेका थिए ।
स्मरण रहोस् हाम्रो सस्कृति हाम्रो परम्परा भन्ने मुल नारा का साथ २०१० मा स्थापना भई कलाकार हरुको प्याल्टफर्मको रुममा परिचित लालीगुराँस सास्कृतिक परिवारले हरेक बर्ष दुर्गा पुजा सहित भव्य कार्यक्रम गर्दै अाएको छ।
कार्यक्रममा २२/०९/२०१७ मा सस्था ले अायोजना गरेको संस्थाको सातौ बार्षिक उत्सव ,तेस्रो अधिवेशन ,शुभकामना अादन प्रदान ,दुर्गा पुजा एंव दशै अायो धमाका २०१७ भव्य एंव सभ्य रुपमा सफल गराउन तनमन र बचनले सहयोग गर्नुहुने ११ संघसंस्था र १३ ब्यक्ति हरुलाई खादा र सम्मान पत्रले सम्मानित गरिएको थियो भने प्रस्तुति दिनुहुने २७ कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गर्दै हौसला दिने कार्य भएको थियो ।निर्वाचन समितिले सम्पुर्ण कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो।
सभापति माधव पौडेलले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली सबैलाई बिशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेको थियो

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार