दलाल भन्छ मानब तस्करी गरेको हुँ, दुताबास भन्छ कारबाही गर्न सक्दिन।

सुसान आचार्य युएई । भिजिट भिसामा आई युएईमा अलपत्र परेका २२ जना नेपालीहरु दुताबासको शरणमा पुगेका छन । गैर आबासिय नेपाली संघ, युएईको पहलमा उनिहरु हिजो अक्टोबर २ तारिकका दिन दुताबास पुगेका हुन् ।

पीडितहरु दुताबास पुगेपछी मानब तस्करका नाईके भनिने रमेश कुवरले पीडितहरुलाई कुनै पनि सहयोग नगरिने बताएका छन । पीडित मध्येका एक बिष्णु खवासलाई फोन गरी उनले दुताबास गएको भन्दै धम्क्याएका हुन । संपर्कमा आउन नचाहेका रमेश कुवरलाई दुताबासले उनको भाई मार्फत संपर्कमा ल्याएको थियो । दुताबासकी श्रम सहचारी हीरा यादबसंग भएको छलफलमा कुवरले पीडितहरुलाई टिकट काटेर नेपाल फर्काउन तयार भए पनि उनी पीडितहरुलाई भने कुनै पनि उद्दार नगर्ने भन्दै धम्क्याउने गरेका छन । ” बरु दुताबासमा पैसा दिएर मिलाउछु तर टिकट काट्दिन” कुवरको भनाइलाई उद्द्रित गर्दै खवासले भने ।

दुताबासले पीडितहरुलाई नेपाल फर्काउन पहल गर्ने तर दलालहरुलाई तिरेको पैसा फिर्ता गर्न कुनै सहयोग गर्न नसक्ने बताएको छ । “हीरा म्याडमले अजमानमा त राम्रो कुरा गर्नु भएको थियो तर दुताबासमा आए पछी भने दुताबासको कुरा परिवर्तन भयो, एक पीडितले भने । ” हामी दलाललाई टिकट काट्न लगाउँछौ, पैसा के कती तिर्नु भएको हो नेपाल गएर आँफै उठाउनुस्, यो तपाईंहरुको आपसी मामाला हो ” दुताबासको भनाइ उद्द्रित गर्दै पीडितले भने । मानब तस्कर आँफै सरकारी निकायमा उपस्थित भएर अपराध स्विकार गर्दा पनि दुताबास दलाललाई कारबाही गर्न नसक्ने बताउँदै आएको छ । यस् अघी अबुधाबीको मुसाफामा १९ नेपालीहरुलाई भिजिट भिसामा युएई ल्याएर अलपत्र पार्ने अर्का दलाल प्रेम पाण्डेलाई समेत दुताबासले कारबाही गर्न नसक्ने भने पछी दुताबास बिबादमा मुछिएको थियो । हरेक पटक दलालहरुले मानब तस्करी गरेको स्विकार गर्छन् तर दुताबासले बजेटको कारण देखाउँदै कारबाही गर्न पन्छिने गरेको छ ।

हाल दुताबासको शरणमा पुगेका २१ जना नेपालीहरु मध्ये ६ जना प्यानाडोर मेनपावरबाट युएई पुगेका थिए भने बाँकी १५ जना नेपाल एअरपोर्टको अध्यागमनको सेटिङ हुँदै युएई पुगेका थिए ।

मङ्लबार, अशोज १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार