आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौ ,भदौ २३/

आज राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखमा मनाईने अन्तर्राष्ट्रिय शिक्षा दिवसको दिन पारेर नेपालले पनि राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा शिक्षा क्षेत्रसँग सम्बन्धित बिभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गरेका छन् । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

विश्वभरिका विद्यालय, विश्व विद्यालय, शिक्षणसंग सम्बन्धित विभिन्न समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवश मनाउने गरिन्छ ।

शुक्रबार, भदौ २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार